

शेख हसिनाको पार्टीका नेताको होटलमा आगजनी, २४ जनाको मृत्यु



बंगलादेशमा शेख हसिनाको राजनीतिक दल अवामी लिग पार्टीका जिल्ला महासचिवको होटलमा प्रदर्शनकारीले आगो लगाइदिँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार सो होटलमा सोमबार आगो लगाइएको हो।
बंगलादेशको दैनिक पत्रिका ‘डेली स्टार’का अनुसार आगो नियन्त्रणमा लिन उद्धार टोलीलाई १२ घण्टा लागेको थियो।
प्रदर्शनकारीहरूले फायर फाइटरहरूलाई लामो समयसम्म होटलमा पुग्न नदिँदा उद्धार ढिला भएको हुनसक्छ।
जबिरर इन्टरनेसनल होटलमा आगो लगाइएको हो।
बंगलादेशको दक्षिण-पश्चिममा रहेको सहर जसोरमा रहेको सो होटलका मालिक अवामी लिग पार्टीका जिल्ला महासचिव शाहिन चक्लादार हुन्।
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना सन् १९८० को दशकदेखि अवामी लिग पार्टीकी प्रमुख छिन्।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना विद्यार्थीको आन्दोलनले भयावह रूप लिएपछि सोमबार राजीनामा दिएर देश छाडेकी छन्।
अहिले उनी भारतमा छिन्।


खबर सबै
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड







प्रतिक्रिया