
बिग्रेको फोन लिन सामसङ अब ग्राहककै घरमा आउने

काठमाडौं : सामसङ नेपालले मोबाइल ग्राहकका लागि नि:शुल्क पिक-अप र ड्रप सेवा ल्याएको छ । वारेन्टी अन्तर्गतका फोनमा समस्या आए ग्राहक आफैं सर्भिस सेन्टर जानु नपर्ने गरी कम्पनीले यस्तो सेवा ल्याएको हो ।
यो सेवा साउन १ गतेदेखि सुरु भएको कम्पनीले जनाएको छ ।
मोबाइलमा कुनै समस्या देखा परे ग्राहकले नेपाल टेलिकमको टोल-फ्री नम्बर १६६००१७२६६७, एनसेलको नम्बर ९८०१५७२६६७ वा ह्वाट्सएप नम्बर १६६००१७२६६७ मा सम्पर्क गरेर घरमै पिक-अप र ड्रप सेवाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सामसङका प्रतिनिधिहरूले ग्राहकले कल गरेको एक दिनभित्रै घरमै पुगेर मोबाइल पिक-अप गर्नेछन् भने मर्मतपछि पुन: घरमै फर्काएर दिनेछन् ।
हाल यो नि:शुल्क सेवा काठमाडौं उपत्यकाका न्युरोड, सुन्धारा, जावलाखेल, भक्तपुर र नयाँ बानेश्वरका सर्भिस सेन्टरहरूबाट उपलब्ध गराइएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया