

दुर्घटना पछि अबरुद्ध राजमार्ग अझै खुलेन



दाङ | दाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग अझै सुचारु भएको छैन।
पश्चिमबाठ पूर्वतर्फ जाँदै गरेकाे सु.प. प्र ००१६ ख २७७९ नम्बरको ट्रकले राप्ती गाउँपालिका-१ भालुबाङ्ग चाेकमा स्थानीय व्यवसायीलाई ठक्कर दिँदा ५० वर्षीय लाेकप्रसाद भट्टराईकाे मृत्यु भएको थियाे।
पीडित परिवार, आफन्त तथा स्थानीय बासिन्दाले घटनालगत्तै राजमार्ग अवरुद्ध गरेका हुन्। इलाका प्रहरी कार्यालय, भालुबाङ्गका प्रहरी निरिक्षक अमरबहादुर माझीका अनुसार अवरुद्ध सडक सुचारु गर्ने बारेमा प्रयास जारी रहेकाे छ।
राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन्। घटनामा संलग्न ट्रक चालकलाई कारबाही र उचित क्षतिपूर्तिको माग राख्दै राजमार्ग अवरुद्ध गरेका हुन्। ठक्कर दिने गाडी र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।


खबर सबै
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक






प्रतिक्रिया