
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा शपथ, एमाले संसदीय दलका नेता लिला गिरी अनुपस्थित

रुपन्देही : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ लिनुभएको छ । साेमवार मुख्यमन्त्रीमा नियुक्त आचार्यले आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण गर्नुभयो । आचार्य एमाले संसदीय दल लुम्बिनी प्रदेशको उपनेता हुनुहुन्छ ।
मुख्यमन्त्री आचार्यको शपथमा एमाले संसदीय दलका नेता लिला गिरी भने अनुपस्थित हुनुभयो । स्रोतका अनुसार प्रदेश संसदीय दलका नेता गिरीले राजीनामा दिनुभएको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा महासचिव शंकर पोखरेलनिकट उपनेता आचार्य मुख्यमन्त्रीमा नियुक्त भएपछि गिरीले नैतिकताका आधारमा राजीनामा दिनुभएको हो ।
एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको हस्ताक्षरमा एमालेका आचार्य लुम्बिनीको मुख्यमन्त्री बन्नुभएको हो । मुख्यमन्त्री आचार्यले शपथलगत्तै मन्त्रिमण्डल बिस्तार गर्नुभएको छ । उहाँले कांग्रेस र एमालेका गरी आठ जनालाई विना विभागीय मन्त्री बनाउनुभएको छ । भूमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी, सरोज थापा, प्रचण्ड विक्रम न्यौपाने, खेमबहादुर सारु, सिता शर्मा मन्त्री बन्नुभएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया