कपिलवस्तुमा वन कार्यालयको एक्सन : विप्लव नेतृत्वको नेकपाले जनायो कडा आपत्ति !


साझाकुरा, कपिलवस्तु । डिभिजन वन कार्यालय कपिलवस्तुले डोजर लगाएर नागरिकको उठिबास गराएको घटना प्रति विप्लव नेतृत्वको नेकपाले कडा आपत्ति जनाएको छ ।

बुधबार डिभिजन वन कार्यालय कपिलवस्तुले वस्ति नै डोजर लगाएर हटाएको थियो । वन क्षेत्रमा वस्ति बसेको भन्दै वन कार्यालयले आफ्नो दस्तासहित डोजरको सहयताले वस्ति भत्काएको थियो ।

उक्त घटनाको चैतर्फी विरोध भइरहेको बेला नेकपाले विहीबार एक विज्ञप्ति निकालेर घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आगामी दिनमा आउने परिस्थितिको जिम्मेवार स्वंय्म राज्य पक्ष हुने चेतावनी दिएको छ ।

बुधबार मात्र बुद्धभूमि नगरपालिका वडा नं. २ बक्डरिया गाउँमा डोजर लगाई वस्ति भत्काएका डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुखसमेत रहेका विजयराज सुवेदीले विहीबार नगरको वडा नं. ६ महुवा र वडा नं. ४ बुड्ढीमा वन अतिक्रमित क्षेत्र भन्दै वृक्षारोपण गरेका हुन् ।

लामो समय भोगजोत गर्दै आएको जग्गामा वन कार्यालयले हमला गरेपछि सर्वसाधारणमा सन्नाटा छाएको छ । वन कार्यालयले वृक्षारोपण गरेको वडा नं. ४ को यो स्थानमा स्थानीयले विं.स. २०२६ सालदेखि भोगजोत गर्दै आएका थिए ।

स्थानीय गोरखनाथ थारुले विं.स. २०२६ सालदेखि भोगजोत गर्दै आएको ठाउँमा वनले तारवार गरेको गुनासो गरे ।

प्रतिक्रिया

खबर सबै