वन विकासमा कोइलीचौर सामुदायिक वन एक नम्बरमा

साझाकुरा, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुहले वन विकासमा उत्कृष्ट वनको पुरस्कार प्राप्त गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा डिभिजन वन कार्यालय कपिलवस्तु अन्र्तगत कोइलीचौर साना किसान सामुदायिक वनले उत्कृष्टताको पुरस्कार पाएको हो ।

आइतबार सव डिभिजन वन कार्यालय गोरुसिँगेमा आयोजना गरिएको एक कार्यक्रमका बिच सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुसालले वनले प्राप्त गरेको पुरस्कार ग्रहण गरेका छन् । बाणगंगा ९ मा रहेको कोइलीचौर साना किसान सामुदायिक बन आर्थिक बर्ष २०८०/०८१ मा डिभिजन वन कार्यालय कपिलवस्तु अन्तर्गत सब डिभिजन वन कार्यलय गोरुसिंगे मातहतमा रहेका कुल १७ वटा सामुदायिक बनहरुलाई पछि पार्दै कोइलीचौर साना किसान सामुदायिक वनले प्रथम भएको वनका अध्यक्ष भुसालले बताए ।

सामुदायिक वन क्षेत्रको संरक्षण, सम्बद्र्धन एबम वन विकास लगाएतका कार्यहरुमा गत एक आर्थिक वर्षको अवधिमा कोइलीचौरले खेलेका भुमिका र गरेका कामका आधारमा उत्कृष्ट भएको बताइएको छ । यससँगै सामुदायिक वनले पाएको उत्कृष्टताको अवसरमा वन सम्बद्ध व्यक्ति तथा निकायहरुले समेत बधाई दिएका छन भने आगामी दिनका लागि शुभकामना पनि दिएका छन् ।

कपिलवस्तुको गोरुसिँगे सव डिभिजन अन्र्तगत १७ वटा सामुदायिक वनहरु छन् भने दुई वटा धार्मिक वन र एउटा साझेदारी वन रहेका छन् । डिभिजन वन कार्यालयले हरेक वर्ष वन सम्बद्र्धन प्रणालिमा आधारित वन विकास तर्फको वन विकास र वन क्षेत्र संरक्षणमा उत्कृष्ट काम गर्ने वनहरुलाई पुरस्कृत गर्ने गर्दछ । कोइली चौर साना किसान सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुसाललाई उक्त पुरस्कार सव डिभिजन वन प्रमूख शिवबहादुर के.सीले हस्तान्त्रण गरेका हुन ।

यता उत्कृष्ट सामुदायिक वनको पुरस्कार पाएसँगै अध्यक्ष भुसालले सबै वन उपभोक्ताहरु र वन कार्यसमितिको लगतशिलता र मेहेनतका कारण यो सफलता प्राप्त भएको भन्दै सबैलाई धन्यवाद दिएका छन् ।

कोेइलीचौर साना किसान सामुदयिक वन कुल २१८ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने सामुदायिक वनमा जम्मा घरधुरी ४८४ संख्या रहेको छ । गत एक वर्षको अवधिमा यो सामुदायिक वनले डिभिजन वन कार्यालय तौलिहवा र सव डिभिजन वन गोरुसिँगेसँगको समन्वयमा विभिन्न वन विकासका कामहरु समयमै पुरा गरेको थियो । वन क्षेत्रलाई नदी कटानबाट जोगाउन खोल्साखोल्सी व्यवस्थापन, आगलागी तथा वन डढेलो नियन्त्रण र रोकथामका लागि वन क्षेत्रमा अग्निरेखा निर्माण, फायरलाइन, पानीको मुहान संरक्षण तथा अतिक्रमित वन क्षेत्र संरक्षणका लागि पोखरी निर्माण, वनमा सुधार कटान, पुर्न उत्पदान कटान, पुर्न उत्पदान तयारी कटान र ढलापढा रुखको कटान समेत गरेको छ । यस्तै कटान भएका काठको संरक्षणका लागि घाटगद्धी निर्माण समेत गरेको वनका अध्यक्ष भुसालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

खबर सबै