
नासाको क्यूरी मिसनले सौर्य रेडियो तरङ्ग अन्वेषण गर्ने

न्यूयोर्क : सूर्यबाट आउने रेडियो वेव उत्पन्न हुने स्रोतको खोजीका लागि नासाको क्यूबसैट रेडियो इन्टरफेरोमेट्री एक्सपेरिन्ट (क्यूरी) मङ्गलबार प्रक्षेपण गरिएको छ । क्यूरीले युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए)को एरियन–६ रकेट कोउरोस्थित गुयाना स्पेस सेन्टरबाट प्रक्षेपण गरेको हो । उक्त रकेट पृथ्वीको सतहबाट ३६० माइल (लगभग ५८० किलोमिटर) को उचाइमा उडान गर्नेछ । रेडियो इन्टरफेरोमेट्री एक्सपेरिमेन्ट मिसनले सूर्यको विष्फोटनबाट निस्कने रेडियो तरङ्गको उत्सर्जनबारे अध्ययन गर्ने लक्ष्य राखेको छ ।
क्यालिफोर्निया विश्वविद्यालय बर्कलेको टोलीद्वारा डिजाइन गरिएको क्यूरी अन्तरिक्षबाट ०.१–१९ मेगाहर्ज फ्रिक्वेन्सी दायरामा रेडियो तरङ्ग मापन गर्ने आफ्नो पहिलो मिसन भएको ईएसएले जनाएको छ । यी यस प्रकारको अनुसन्धान अन्तरिक्षबाट मात्र गर्न सकिन्छ ।
“सौर्य रेडियो तरङ्ग अनुसन्धानका क्रममा, क्यूरीले लो फ्रिक्वेन्सी रेडियो इन्टरफेरोमेट्री नामक प्रविधि प्रयोग गर्नेछ । यसअघि अन्तरिक्षमा यो प्रविधि कहिल्यै प्रयोग गरिएको थिएन । यसले पृथ्वीलाई करिब दुई माइल टाढा परिक्रमा गर्नेछ”, नासाले उल्लेख गरेको छ । यस प्रयोगले रेडियोका ती तरङ्गहरु कहाँबाट आइरहेका छन् भन्ने पत्ता लगाउने प्रयास गर्नेछ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया