
क्यामेरा भएको एयरपड्स ल्याउँदै एप्पल

काठमाडौं : एप्पलको नयाँ एयरपड्समै क्यामेरा हुने भएको छ । कम्पनीले बजारमा ल्याउन लागेको नयाँ मोडेलको एयरपड्समा इन्फ्रारेड क्यामेरा हुने भएको हो ।
एप्पल विश्लेषक मिङ चि कुओका अनुसार कम्पनीले सन् २०२६ तिर यस्तो एयरपड्स ल्याउने छ । आईफोनको फेस आईडी रिसिभरमा जस्तो किसिमको इन्फ्रारेड क्यामेरा हुन्छ, नयाँ एयरपड्समा पनि त्यही किसिमको क्यामेरा हुने उनको दाबी छ ।
एप्पलले बजारमा ल्याएको भिजन प्रो हेडसेटमा उक्त एयरपड्स फिट हुने बताइएको छ । विशेषगरी स्पासियल अडिओ (Spatial Audio) अनुभव गराउन यस्तो इयरबड ल्याउन लागेको ‘मिङ ची’ले सङ्केत दिएका छन् ।
यो एयरपड्स लगाएपछि त्यसले प्रयोगकर्ताको वरपर कस्तो किसिमको परिवर्तन भइरहेको छ भन्ने पहिचान गर्छ । र, त्यही वातावरण अनुसार स्पासियल अडियोको अनुभव दिन्छ ।
अहिले भिजन प्रो हेडसेट लगाएर म्युजिक बजायो वा भिडिओ हेर्यो भने दुवैपट्टि बराबर आवाज आउँछ । जता ढल्किए पनि आवाजमा कुनै बदलाव आउँदैन । तर, प्रयोगकर्ताले वास्तविक अडियो सुनेको अनुभव दिन नयाँ एयरपड्सले जता टाउको फर्कायो, उतै बढी आवाज आउनेछ ।
यसैका लागि कम्पनीले इन्फ्रारेड क्यामेरा राखेको बताइएको छ । अर्थात् यस एयरपड्सले टाउकोलाई ट्रयाक गर्नेछ र त्यही अनुसारको अडिओ अनुभव उपलब्ध गराउनेछ ।
यो भिडिओ गेम, एप्पलको म्युजिक स्ट्रिमिङ प्लेटफर्मका लागि उपयुक्त हुने बताइएको छ ।
-Techpana


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया