

अमृते सामुदायिक वनद्धारा भर्तापुर आधारभूत विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना




साझाकुरा, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित अमृते सामुदायिक वनले सामुदायिक विद्यालयमा अध्यक्षकोष स्थापना गरेको छ । वनको वार्षिक विनियोजित बजेट तथा कार्यक्रम अन्र्तगत सामुदायिक वनले भर्तापुर आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गरेको हो ।
वडा नम्बर ९ भर्तापुर स्थित कक्षा १–८ (आधारभूत तह) संचालनमा रहेो भर्तापुर आधारभूत विद्यालयमा अध्ययन गर्ने गरिब, जेहेन्दार तथा विपन्न परिवारका बालबालिकाहरुको पठनपाठनमा समेत सहयोग पुग्ने गरी अमृते सामुदायिक वनले शनिबार विद्यालयका प्रधानाध्यापक कमल बि.कलाई अक्षकोष वापतको रकम प्रदान गरेको हो ।
वन कार्यसमितिले विद्यालयका लागि रु. ५ लाख रकमको अक्षयकोष स्थापना गरेको अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेलले साझाकुरालाई जानकारी दिनुभयो । विद्यालयको शैक्षिक गुणस्तर बृद्धी र बालवालिकाको स्तर बृद्धीमा समेत सहयोग पुगोस भन्ने उद्देश्यका साथ सामुदायिक वनले चालु आर्थिक वर्षको वनको बजेट तथा नीति कार्यक्रममा समेत राखेको हुँदा सोही अनुसार अक्षयकोष स्थापना गरिएको उहाँले बताउनुभयो ।

यस्तै सामुदायिक वनले भर्तापुर स्थित उत्कृष्ट तीन जना कृषकहरुलाई समेत कृषक प्रोत्साहन कार्यक्रम अन्र्तगत सहयोग प्रदान गरेको छ । उत्कृष्ट कृषकहरुलाई उनीहरुको कृषिकर्म विकास र विस्तार गर्ने उद्देश्यसहित जनही १५ हजारका दरले तीन जना कृषकलाई सम्मान गरिएको सामुदायिक वनले जनाएको छ । व्यवसायिक रुपमा कृषि फर्म संचालन गरी पशुपालन तथा खेतीपातिमा लागेका किृषकलाई सामुदायिक वनले सहयोग तथा सम्मान गरेको हो ।
कार्यक्रममा सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेलको अध्यक्षतामा बसेको वन कार्यसमितिको बैठकले वनको सभाहलमा सामुदायिक वनका पुर्व अध्यक्षहरु तथा सल्लाहाकार र वन कार्यसमितिको उपस्थितिमा अक्षयकोषको रकम हस्तानत्रण तथा कृषक सम्मान कार्यक्रम गरेको जनाएको छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया