

नेपालमा यस वर्ष सरदरभन्दा बढी वर्षा हुने ! कहाँ कहाँ हुन सक्छ क्षेती ? [भिडियो ]





काठमाडाैँ – नेपालमा यस वर्ष सरदरभन्दा ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म बढी हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भू–भाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेश प्रदेशको मध्य भू–भाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिमी भू-भागमा सरदर वर्षा हुने प्रधिकरणले जनाएको छ।
मनसुनजन्य विपद्बाट करिब १८ लाख १ हजार जनसङ्ख्या र ४ लाख १२ हजार घरधुरी कुनै न कुनै रुपमा प्रभावित हुनसक्ने अनुमान छ। ८३ हजार घर परिवार मनसुनजन्य विपदबाट प्रत्यक्ष प्रभावित हुन सक्ने र १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने विश्लेषण प्रधिकरणले गरेको छ।
यसअघि भएका घटनाहरुको विश्लेषण, बाढी र पहिरोको जोखिमबारे गरिएको अध्ययन, यस वर्ष अनुमान गरिएको मनसुन र बर्षा र यस वर्षको डढेलो र भूकम्पका कारण थप जोखिम बढेको आंकलन गरिएको प्रधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बताए।
कोशी प्रदेशमा २२ हजार घर परिवार, मधेशमा २० हजार घर परिवार, बागमतीमा ७ हजार घर परिवार, गण्डकीमा ५ हजार घर परिवार, लुम्बिनीमा १५ हजार ५ सय घर परिवार, कर्णालीमा ५ हजार घर परिवार, र सुदुरपश्चिम प्रदेशमा ५ हजार ५ सय घर परिवार प्रत्यक्ष प्रभावित हुन सक्ने प्राधिकरणको अनुमान छ।
पछिल्लो १० बर्षमा मनसुन जन्य विपद्का कारण ८५ हजार ६ सय ४६ परिवार प्रभावित भएका छन्। कुल ८ हजार ४ सय ४१ मनसुन जन्य विपद्का घटना हुँदा ३ हजार ५२ जनाले ज्यान गुमाएका छन् भने ७ सय ९१ जना बेपत्ता भएका छन्। सबैभन्दा धेरै २ हजार ८ सय चालिस पहिरोका घटनामा १ हजार ३ सय १४ जनाकाे ज्यान गएकाे छ भने ३ सय १२ जना अझै बेपत्ता छन्।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया