

राष्ट्रपति कार्यालयको ट्विटर अकाउन्ट बन्द, साइबर हमला भयो : प्रेस विज्ञ



कार्तिक १२,ई–साझाकुरा
राष्ट्रपति कार्यालयले सञ्चालनमा ल्याएको ट्विटर अकाउन्ट बन्द भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सूचनाहरू प्रवाह गर्न कार्यालयले शितल निवास @SHITALNIWAS नामबाट ट्विटर अकाउन्ट सञ्चालनमा ल्याएको थियो।

भेरिफाइड भैसकेको अकाउन्ट अन्तत: डिएक्टिभेट भएको छ। राष्ट्रपतिका सञ्चार विज्ञ टिका ढकालले अकाउन्टमाथि दुई देखि तीन पटक साइबर हमला भएको बताए।
‘त्यो अकाउन्ट भेरिफाइ गर्दा राखिएको आइडेन्टिटी र इन्फरमेसन बाहिरिएको आशंका भयो’, ढकालले भने, ‘त्यसैले अकाउन्ट बन्द गरिएको छ। छिट्टै हामी नयाँ फायरवाल सेक्युरिटी सिस्टमको व्यवस्थापन गरेर अकाउन्ट सञ्चालनमा ल्याउने छौँ।’
ढकाल झण्डै एक महिना अघिमात्र राष्ट्रपति कार्यालयमा प्रेस विज्ञका रुपमा नियुक्त भएका थिए। आफूले नै पहिला दर्ता भएर सञ्चालनमा नरहेको अकाउन्टलाई सक्रिय बनाउने काम गरेको उनले उल्लेख गरे।
‘मैले नै अकाउन्ट भेरिफाइड गरेर काम अगाडि बढाएको थिएँ’, ढकालले भने, ‘त्यही अकाउन्ट वा नयाँ अकाउन्ट बनाएर छिट्टै सञ्चालनमा ल्याउछौं।’
राष्ट्रपतिको प्रेस सचिवालयले सञ्चालन गर्ने गरी चलाइएको अकाउन्टबाट सेयर भएका केही सामग्री विवादीत भएका थिए। एउटा अनलाइन पोर्टलको समाचार सेयर गरिएपछि धेरैले अकाउन्ट सञ्चालनको तौर तरिकामाथि समेत प्रश्न उठाएका थिए।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया