

टी-२० विश्वकप : ५५ वटा खेल खेलाईने यी हुन ९ वटा सुन्दर स्टेडियम




यस्तो अवस्थामा खेल हुने सबै स्टेडियमहरूको बारेमा जानौं, तिनीहरूको क्षमता के छ र तिनीहरू कहाँ छन् ?
काठमाडौं । आईसीसी टी–२० विश्वकपको ९औं संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । यसपटक टी–२० विश्वकपमा अधिकतम २० टोलीको सहभागिता रहेको छ । यी सबै टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा कुल ५५ खेल हुनेछन् । यी सबै खेल ९ स्थानमा आयोजना हुनेछन् ।
केनिङ्टन ओभल, वेस्ट इन्डिज

टी २० विश्वकपका खेलहरु हुने मैदानहरुमा सहआयोजक वेस्ट इन्डिजको बार्बाडोसको केनिङ्टन ओभल मैदान पनि समावेश छ । यो वेस्ट इन्डिजको सबैभन्दा सुन्दर स्टेडियम मध्ये एक हो ।
यस मैदानको कुल क्षमता २५ हजार भन्दा बढी छ । तर, पूरै खचाखच भरिए एकैपटक २८ हजार क्रिकेट फ्यानले खेल हेर्न सक्नेछन् ।
ब्रायन लारा क्रिकेट एकेडेमी, त्रिनिडाड

ब्रायन लारा क्रिकेट एकेडेमी विश्वकपमा वेस्ट इन्डिजको दोस्रो स्थान हो । यो त्रिनिदाद देशमा अवस्थित छ ।
यस स्टेडियममा दर्शकहरूका लागि धेरै जसो छतविहीन स्ट्यान्डहरूमा बस्ने सुविधा छ । यस रंगशालामा खेल हेर्न आउने दर्शकको क्षमता १५ हजार छ ।
प्रोभिडेन्स स्टेडियम, वेस्ट इन्डिज

टी-२० विश्वकपका खेलहरू वेस्ट इन्डिजको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो स्टेडियममध्ये एक प्रोभिडेन्समा खेलिने छन् । यस मैदानमा धेरै अविस्मरणीय खेलहरू खेलिएका छन् । यस रंगशालामा दर्शकको जम्मा सिट क्षमता २० हजार छ ।
सर भिभियन रिचर्ड्स स्टेडियम, एन्टिगुवा

वेस्ट इन्डिजभित्र पर्ने एन्टिगुवामा पनि टी-२० विश्वकपको खेल हुनेछ ।
पहाडले घेरिएको एन्टिगुवाको सर भिभियन रिचर्ड्स स्टेडियममा टी–२० विश्वकपका खेलहरु पनि खेलाइनेछन् । यो रंगशाला निकै सानो मानिन्छ । यस मैदानको सिमाना पनि निकै सानो छ । यो मैदानको कुल सिट क्षमता १० हजार दर्शक मात्रै छ ।
अर्नोस भेल स्टेडियम, वेस्ट इन्डिज

सामुद्रिक किनारमा बनेको अर्नोस भेल स्टेडियम वेस्ट इन्डिजको तेस्रो ठूलो क्रिकेट मैदान हो । यो सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्समा स्थित छ। टी-२० विश्वकपका खेलहरू पनि यहाँ खेलाइनेछन् । यस मैदानमा दर्शक क्षमताको कुरा गर्ने हो भने १८ हजार छ ।
सेन्ट लुसियाको ड्यारेन सामी क्रिकेट मैदान, वेस्ट इन्डिज

सेन्ट लुसियाको ड्यारेन सामी क्रिकेट मैदान आईसीसी टी-२० विश्वकप २०२४ को खेल हुने वेस्ट इन्डिजको छैटौं स्थान हो । यस रंगशालाको क्षमताको कुरा गर्दा एकैपटक १५ हजार दर्शकले रंगशालामा बसेर खेल हेर्न सक्नेछन् ।
नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, अमेरिका

न्युयोर्कको सबैभन्दा ठूलो रंगशालामा टी–२० विश्वकप खेलाइँदैछ । विश्वकपका खेलहरू न्यूयोर्कको सबैभन्दा ठूलो नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलाइँदैछ ।
टी-२० विश्वकप २०२४ को लागि एक मात्र स्टेडियम जसमा ३० हजारभन्दा बढी दर्शकले एकै साथ खेल हेर्न सक्छन् । यस रंगशालाको कुल सिट क्षमता ३४ हजार रहेको छ ।
सेन्ट्रल ब्रोवार्ड पार्क, अमेरिका

फ्लोरिडाको सेन्ट्रल ब्रोवार्ड पार्कमा आईसीसी टी–२० विश्वकपका खेलहरु पनि खेलाइने छन् । यस रंगशालामा दर्शकको जम्मा सिट क्षमता २५ हजार रहेको छ । यो अमेरिकाको दोस्रो ठूलो क्रिकेट स्टेडियम पनि हो ।
ग्रान्ड प्राइरी स्टेडियम, अमेरिका

टेक्सासको ग्रान्ड प्राइरी स्टेडियम टी-२० विश्वकपको खेल हुने अमेरिकाको तेस्रो स्थान हो । यो रंगशाला सानो भए पनि निकै सुन्दर छ । यस रंगशालामा एकै पटक १५ हजार दर्शकले बसेर खेल हेर्न सक्नेछन् ।
सम्बन्धित भिडियो पनि हेर्नुहोस् ।
नेपालको खेल तालिका
नेपालले समूह चरणको दुई खेल अमेरिका र दुई वेस्टइण्डिजमा खेल्नेछ ।
नेदरल्याण्ड्सविरुद्ध ४ जुन, राति ९:१५ (ग्रान्ड प्राइरी स्टेडियम, अमेरिका)
श्रीलंकाविरुद्ध १२ जुन, बिहान ५:१५ (सेन्ट्रल ब्रोवार्ड पार्क, फ्लोरिडा)
साउथ अफ्रिकाविरुद्ध १५ जुन, बिहान ५:१५ (अर्नोस ह्वेली स्टेडियम, किंग्सटाउन, सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स)
बंगलादेशविरुद्ध १७ जुन, बिहान ५:१५ (अर्नोस ह्वेली स्टेडियम, किंग्सटाउन, सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स)


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया