

लुम्बिनी प्रदेश : जेठ २१ मा नीति तथा कार्यक्रम ल्याउने तयारी



दाङ | लुम्बिनी प्रदेश सरकारले यही जेठ २१ गते आगामी आर्थिक बर्ष २०८१्/०८२ को नीति तथा कार्यक्रम ल्याउने भएको छ । प्रदेश मन्त्रीपरिषद्को बैठकले प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख अमिक शेरचनलाई आमन्त्रण गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री दिपेन्द्र पुनले जानकारी दिनुभयो । प्रदेश मन्त्रीपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा सरोज खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बाणगंगा नगरपालिका–८ कपिलवस्तु निवासी खनाल शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । अघिल्लो सरकारको पालामा नियुक्त भएका प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले राजीनामा दिएपछि प्रदेश योजना अयोग पदाधिकारीविहिन थियो ।
मुख्यमन्त्री महराले आफ्नो सचिवालयमा दुई जना विज्ञलाई नियुक्त समेत गर्नु भएको छ । पूर्वाधार विज्ञको रूपमा पवन बराल र अर्थ तथा विकास विज्ञको रुपमा शुसान्त बैद्दिकलाई नियुक्त गर्नु भएको हो । प्रदेश सरकार मातहतमा रहेका अस्पतालहरुको प्रमुखहरुको सरुवा समेत गरिएको छ ।
गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बञ्जाडेलाई कपिलवस्तु अस्पतालमा सरुवा गरिएको छ । भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।मोहमद नुरुल होदालाई पृथ्वीचन्द्र अस्पताल परासी र डा।सकुन्तला गुप्ता लुम्बिनी प्रादेशीक अस्पतालबाट भिम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा सरुवा गरिएको छ । यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको रुपमा डा. ईन्द्र ढकाललाई बनाउने निर्णय भएको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया