तातोपानी नाका आजबाट पुनः खुल्ने

नेपाल-चीनबीचकाे तातोपानी नाका आजबाट पुनः खुल्ने भएकाे छ । विगत लामाे समय (काेराेना भाइरस महामारी सुरू भएयता) बन्द रहेको उक्त नाका गएकाे असाेजमा २ दिन मात्र खुलेर पुनः बन्द भएकाे थियाे ।

यसअघि सामान लोड-अनलोड गर्ने तीन जना कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि खुलेकाे २ दिनमै उक्त नाका असोज २१ देखि पुनः बन्द भएकाे थियो । अहिले फेरि स्वास्थ्य सावधानी अपनाएर नाका सुचारू गर्न लागिएकाे हाे । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै नाका सञ्चालनको तयारी भएको जनाइएको छ ।

प्रतिक्रिया

खबर सबै