

बाणगंगामा विद्युत सर्ट भएर आगलागी, लाखौंको क्षति





कपिलवस्तुको बाणगङ्गामा आगलागी हुँदा करिब १२ लाख बराबरको क्षति भएको छ । सोमवार बिहान करिब पौने १० बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको हो । बाणगङ्गा वडा न. ८ पुलचोकको खड्क कलौनिमा आगलागी भएको हो ।
आगलागीबाट एउटा बंगुर फर्म जलेर नष्ट भएको छ ।
त्यस्तै तिन वटा टहरा जलेर पूर्ण रुपमा नष्ट भएका छन् । स्थानीय दिल बहादुर थापाका ६ वटा माउ बंगुर र ३ वटा बच्चा बंगुर मरेको जनाईएको छ । बङ्गुर फर्ममा लागेको आगोका कारण साना ठूला गरि करिब ९ वटा बङ्गुर मर्दा करिब ८ लाख बराबरको क्षति भएको छ ।
यस्तै केशव बहादुर थापा, दुध बहादुर चौधरी र बालकुमारी सुनार को घर जल्दा १ / १ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल जङ्ग रायमाझीले बताए ।
आगो केही घण्टा पछि बाणगङ्गा, कपिलवस्तु र शिवराज नगरपालिकाको ३ वटा दमकल, १ वटा ट्याङ्कर, जनपथ प्रहरी, शसस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।


खबर सबै
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया