नेपालमा भारतीय सेनाध्यक्षले राष्ट्रपतिबाट मानार्थ प्रधान सेनापतिको दर्जा पाउने, प्रधानमन्त्रीसँग पनि भेट गर्ने

कार्तिक ११,ई–साझाकुरा

नेपाली सेनाले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको मिति सार्वजनिक गरेको छ।

सैनिक जनसम्पर्क निर्देशनालयले प्रेस विज्ञप्ति जारी गर्दै भारतीय सेनाध्यक्ष नरवणेको कात्तिक १९ गतेदेखि २१ गतेसम्म  हुने भ्रमणबारे जानकारी गराएको हो।

सेनाका अनुसार नरवणेसँगै चार सदस्यीय भ्रमण दल नेपाल आउन लागेको हो।

नरवाणे नेपाली सेनाको मानार्थ महारथी दर्जा लिनका लागि नेपाल आउन लागेका हुन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने सेनाले जनाएको छ।

नेपाली सेना र भारतीय सेना बीचको परम्पराअनुसार नेपालका प्रधानसेनापति भारतको मानार्थ सेनाध्यक्ष हुन्छन् भने भारतका सेनाध्यक्ष नेपालका मानार्थ प्रधानसेनापति हुन्छन्।

प्रतिक्रिया

खबर सबै