
कपिलवस्तुमा खुला स्थानमा शौच गर्ने १६ जना प्रहरीको फन्दामा

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा खुला दिसा गर्ने भारतीय नागरिक सहित १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाउँपालिकाले बस्ती, सडक तथा खेतबारीमा खुला दिसा गर्नेको पहिचान गर्न छड्के अनुगमन गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
पालिकाका वास संयोजक अर्जुन बेल्वासेको नेतृत्वमा इलाका प्रहरी कार्यालय गणेशपुर प्रहरी सहितको अनुगमन टोली विहान ५ बजेदेखि गाउँपालिकाका विभिन्न वडामा छाड्ने अनुगमन गरेको थियो । गाउँपालिका र इलाका प्रहरी कार्यालय गणेशपुरको प्रहरी सहितको अनुगमन टोली देखेपछि खुला दिसा गर्ने समूहको भागाभाग भएको थियो ।
प्रहरी नियन्त्रणमा पर्नेमा वडा नम्बर १,२,५,६ र ७ का रहेका वास संयोजक बेल्बासेले बताउनुभयो ।पक्राउ पर्नेमा स्थानीय सहित ३ भारतीय नागरिक समेत रहेका छन । उनीहरू पाहुना बन्न विजयनगर आएका थिए । नियन्त्रणमा लिएकालाई शौचालय निर्माण र प्रयोग गर्ने कागज गराईं वडाध्यक्षको जिम्मा लगाइएको बताइएको छ ।
हप्तामा एक दिन छड्के अनुगमन गरी शौचालय प्रयोग नगर्नेलाई कारबाहीको दायरामा ल्याउने पालिकाले जनाएको छ । पालिकाले सरसफाइ कार्यविधि निर्माण गरी खुला दिसा गर्नेलाई १ हजारदेखि ५ हजार रकम जरिवाना तोकिएको छ । राजधानी दैनिकमा सुशील गैरेले समाचार लेखेका छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया