

कपिलवस्तुमा कम्बाइन मेसिनसहित गहुँ बाली खेतमै जलेर नष्ट




कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–२ भैसकुन्डामा काट्ने तयारीमा रहेको गहुँमा आगो लागेको छ । कम्बाइन मेसिनको सहयोगमा गहुँ स्याहार्ने क्रममा अचानक आगलागी हुदा पौने चार लाख बराबरको गहुँमा जलेर नस्ट भएको छ ।
आगलागीमा गहुँसहित कम्पाइन मेसिन समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक हरि बहादुर ओलीले जानकारी दिए । स्थानीय लहेब खाको गहुँ खेतमा कम्बाइन मेसिनले गहुँ स्याहार्ने क्रममा आगलागी भएको हो । आगलागीबाट लु २ त ८८५६ नम्बरको कम्बाईन जलेर पुर्णरुपमा नष्ट भएको छ ।
सो कमबाईन मेसिन स्थानीय मुस्ताक अहमद्को प्रहरीले जनाएको छ। आगलागीबाट ३ बिघा खेतमा लगाइएको काट्ने तयारी अवस्थामा रहेको गहुँ नष्ट हुँदा पौने चार लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सो आगलागी कपिलवस्तु नगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीयवासीको प्रयासमा आधा घण्टापछि नियन्त्रणमा लिइएको थियो।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया