

भारतमा लुटपाट गरेको आरोपमा पाँच नेपाली पक्राउ



कार्तिक ११, ई–साझाकुरा
एक व्यापारीको घरमा लुटपाट गरेको आरोपमा भारतको हैदरावादबाट एक महिलासहित ४ जना नेपाली नागरिकलाई प्रहरीले गिरफ्तार गरेको छ ।
उनीहरुको साथबाट १७ लाख रुपयाँ जफत गरेको स्थानीय प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले १९ अक्टोबरमा एक व्यापारीको घरमा लुटपाट गरेर भागेको त्यहाँको प्रहरीले जनाएको छ ।
उनीहरुलाई दुई दिनअघि उत्तर प्रदेशको लखनउबाट हिरासतमा लिई हैदरावाद लगिएको छ । उनीहरुमध्ये दुई जना सो घरमा नै काम गर्ने गरेको समेत प्रहरीले उल्लेख गरेको छ । उनीहरुले १८ तोला सुन र ४० तोला चाँदी र १० लाख रुपयाँ चाँदी लुटेका थिए । उनीहरु नेपाल फर्कदै गर्दा लखनउको रेलवे स्टेसनबाट पक्राउ गरिएको हो ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया