जैविक मलको प्रयोगबाट तरकारी खेती व्यावसायिक बनाउँदै किसान

राधा पाण्डे : नेपाल कृषि प्रधान देश हो  । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको सातौं कृषि गणना २०७८ को कृषि तथ्यांक अनुसार कृषि आश्रितहरूको संख्या घट्दै गएको देखिए पनि उत्पादन र उत्पादकत्व बढ्दै गएको देखिन्छ । यहाँका किसानहरूलाई भूमि, ऋण, बीउ, मल, आधुनिक कृषि प्रविधिहरू र सूचनामा पहुँच प्राप्त गर्न गाह्रो छ । भनेको बेलामा मल बीउ नपाउने समस्या सदाबहार छ ।

वास्तविक किसान छनोट गरी स्रोत र सेवामा सहज पहुँच पुर्‍याउने, उद्यमशील बनाउने, सहुलियत ऋणको व्यवस्था, अनुदानको व्यवस्था सुनिश्चित गर्ने कृषिनीति छैन । खेती गर्ने बेलामा मलको आबश्यकता पर्ने तर मल प्राप्त गर्न निकै कठिन हुने हुनाले किसान चिन्तित हुने गरेको पाइन्छ । कृषि पेशालाइ पुर्खादेखी नै व्यावसायिक बनाउँदै आएका कपिलवस्तुका किसानहरुले जैविक मलको प्रयोगबाट नै तरकारी खेतिलाइ व्यावसायिक बनाउँदै आएका छन् । पुर्खा देखि नै कृषि पेशालाई  अङ्गालेका कपिलवस्तु यशोधरा गाउँपालिका वडा नम्बर ३ हर्दिहवाका उषादेवी गुप्ताले जैविक मलको प्रयोगबाट तरकारी बालीलाई व्यावसायिक बनाउनु भएको छ । उहाँ अहिले ४० वर्षको हुनुभयो । अहिलेसम्म आफू र आफ्नो परिवारले कृषिलाई नै आत्मनिर्भर बनाएर बसेको बताउनु हुन्छ । उषादेवि भन्नुहुन्छ -` बितेका पुस्तादेखी नै कृषिमा नै रम्नुभयो । त्यसैले पुर्खाको पेसामा नै आफू पनि रमाउन सिकेकी छु ।´

उहाँका श्रीमान र एक छोरा हुनुहुन्छ । एक बिगाहा क्षेत्रफलमा कृषि गर्ने गरेको बताउने गुप्ता ५ कट्ठामा तरकारी खेती गर्नुहुन्छ भने अन्य जग्गामा अन्न उत्पादन गर्नुहुन्छ । गुप्ताले लौका, घिरौला, फर्सी, सिमि, काक्रो,करेला, खुर्सानी लगायतका तरकारी खेतिमा पछिल्लो समय नेशनल बायोटेक संस्थाले उत्पादन गरेको `साथी´ नामको मलको प्रयोग गर्नुहुन्छ । रासायनिक मलले माटाको उर्बराशक्ती घटाउने, मात्रा नमिलेर माटोमा असर पर्ने र समयमा प्राप्त गर्न नसकिने हुनाले जैविक  मलको अत्याधिक प्रयोग गर्ने उहाँको भनाइ छ । यो मल प्रयोग गर्दा बालिलाइ कुनै पनि असर नगर्ने , मात्रा मिलाउनु पर्दैन । गुप्ताका श्रीमान रामप्रसाद गुप्ता भन्नुहुन्छ -`तरकारीबाट वार्षिक १ लाख आम्दानी गर्छौं र परिवार पनि पालिएका छौं ।´ हामीले तरकारिमा विशुद्ध अर्गानिक मल प्रयोग गर्ने गरेका छौं ।´ बायोटेक संस्थाले उत्पादन गरि पठाएको `साथी´ नामको मलले धेरै प्रयोग गर्दा पनि कुनै असर नगर्ने र बेमौसमी तरकारी खेती गर्न पनि सहज हुने उहाँको भनाइ छ । कृषि पेसालाइ अङ्गालेका गुप्ता परिवारले स्थानीय तहबाट कुनै पनि सहयोग नपाएको गुनासो गरेका छन् । पहुँचको भरमा बितरण गर्ने हुनाले आफू पहुँच भन्दा बाहिर रहेकोले सहयोग नपाएको उहाँको गुनासो छ । यस्तै ४५ वर्षीया सुनिता यादवमा जोस जागर छुट्टै छ । कृषि पेशा नै आफ्नो सर्वोपरि मान्ने यादवको डेढ बिगाहा जमिन छ ।

त्यस अन्तर्गत ५ कठ्ठामा मात्रै तरकारी खेती गर्नुहुन्छ । ८ जनाको परिवारलाइ यहि तरकारी खेतिले पालेको छ । अन्य जमिनमा अन्न उत्पादन गर्नुहुन्छ । तरकारी खेती गर्दा उहाँले रासायनिक मलको प्रयोग नगरी जैविक मललाइ बढवा दिनुभएको छ । यादव भन्नुहुन्छ -`हामिले रासायनिक मलको सट्टा  नेशनल बायोटेक संस्थाले उत्पादन गरेको `साथी´ नामको प्रयोग गर्छौं । किनकी यसको प्रयोगले माटोको उर्बरा शक्ति बढाउनुका साथै मानव स्वास्थ्यमा समेत फाइदा पुर्याउछ । ´ साथी मल प्रयोग गर्न लागेपछी उर्बरा शक्ति बढ्दै गएकोले वरिपरिका किसानलाइ पनि यहि मल प्रयोग गर्न आग्रह गरेको बताउनुहुन्छ । तरकारिबाट वार्षिक ६० हजार आम्दानी गरेको बताउदै आफू पछिका सन्ततिलाइ समेत कृषि पेशा नछाड्न अनुरोध गर्नुहुन्छ  । पानीको समस्या अत्याधिक रहने गरेकोले सरकारले वास्तविक किसानको मर्का बुझी सिंचाइको व्यवस्था गरिदिए जग्गा बाझो राख्न पर्ने समस्या समाधान हुने यादवको भनाइ छ । ` पुर्खौली पेशा कृषि नै अङ्गालेका उषादेवी र सुनिता यादब मात्रै नभएर सोही क्षेत्रका शान्ती वरई, लक्ष्मी तेलि, रामबिलास तेलि लगायतका वास्तविक किसानले विशेषगरि तरकारी खेतिमा रासायनिक मल भन्दा जैविक मलको प्रयोग बढी गर्ने गरेका छन् ।

यसको प्रयोग गर्दा माटोलाई चाहिने पोषण तत्व प्राप्त हुने हुनाले प्रशस्त तरकारि उत्पादन गर्न सकेका छन् । रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा समेत असर पर्ने भएकोले शुद्ध अर्गानिक  मलको मात्रै प्रयोग गरेर तरकारी उत्पादन भएको खबर पाएपछी  उपभोक्ताहरुले घरमै आएर खरिद गर्ने गरेको किसानको भनाइ छ । यता न स्थानीय तह, न प्रदेश , न संघ कुनै पनि सरकारको सहयोग नपाएको गुनासो छ ।´ वास्तविक किसानको पीडा बुझेर दलित सामाजिक विकास केन्द्रबाट तरकारीका बिउ, विषादी,  उपकरणहरु उपलब्ध गराउने हुनाले बिकास केन्द्रलाइ धन्यवाद दिदै खुसी व्यक्त गरे  ।

यस्तै यशोधरा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सरिता त्रिपाठिले  कृषकहरुले पशुपालन पनि गर्ने गरेकोले जैविक मल प्रयोग गर्नुका साथै आवश्यकता अनुसार वडाले पनि मल, बीउ बिजन बितरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो -` वास्तविक किसानलाइ वडा र पालिकाले सहयोग गरेको छ । विभिन्न सङघ संस्थाले समेत मल , बीउ बिजन बितरण गर्ने हुँदा केही राहत भएको महसुस गरेका छौँ ।´ यता नेशनल बायोटेक संस्थाका अभियान्ता शिरोमणि ढुंगानाले रासायनिक मलको प्रयोगबाट माटोको उर्बराशक्ती घट्ने र मानव स्वास्थ्यमा समेत असर पर्ने भएकोले वास्तविक किसानहरुलाइ `साथी´ नामको जैबिक मल उत्पादन गरेर परिक्षणका लागि बितरण गरिएको बताउनुभयो ।

साथै `साथी´ नामको मल कृषकहरुले आफै उत्पादन गर्न सक्ने भएता पनि प्राबिधिक समस्या लगायत त्यसलाई चाहिने तत्व पूरा गर्न कठिन हुने हुनाले संस्थाले पहिलो चरणमा कपिलवस्तु र रुपन्देहीमा परिक्षणका लागि पठाएको हो । रासायनिक मल समयमा प्राप्त गर्न कठिन हुने, माटोले प्राप्त गर्नुपर्ने तत्व पनि मनग्य रुपमा नपुग्ने र मानव स्वास्थ्यमा समेत असर गर्ने हुनाले  बिकल्पको रुपमा जैबिक मल प्रयोगमा ल्याइएको ढुंगाना बताउनुहुन्छ । ढुंगाना भन्नुहुन्छ-`यो मलमा माटोलाइ चाहिने पोषण तत्वहरु प्रयाप्त भएकोले उत्पादन बढ्छ । ´ बजारमा अर्गानिक तरकारिको माग बढेको हुँदा अर्गानिक उत्पादन गर्नको लागि यो मल प्रयोग गर्न किसानहरुलाइ संस्थाका अभियान्ता ढुंगानाले आग्रह गर्नुभयो । बर्सेनि किसानलाई खेती लगाउने बेलामा कहिले पानीको अभाव त कहिले मल, बिउ, बिजनको अभाव झेल्नुपरेको अवस्थामा `साथी´ नामको मल उत्पादन गरि बितरण गरेर संस्थाले किसानलाइ थोरै भएपनि राहत दिएको छ ।

प्रतिक्रिया

खबर सबै