

मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने तयारी



लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि आज प्रदेशसभाको बैठक बोलाइएको छ ।
आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकबाट चौधरीले विश्वासको मत लिने प्रदेश सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।
केन्द्रको सत्ता समीकरण फेरिएपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीले प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त गरेका थिए । त्यसपछि माओवादीले फागुन २३ मा चौधरीलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र (चैत २२ भित्र) विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।
चौधरीले विश्वासको मत पाउने सम्भावना भने निकै कम देखिएको छ । उनले जसपालाई सरकारमा टिकाइराख्न खोजेका छन् भने अन्य साना दलसँग पनि कुराकानी गरिरहेका छन् ।
८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले ८६ सदस्य छन् । त्यसमध्ये एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४/४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३/३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १/१ र स्वतन्त्रबाट १ सांसद छन् ।
नयाँ सत्ता गठबन्धनको भागवण्डाअनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्री माओवादीले पाउनेछ । माओवादीका जोखबहादुर महरा मुख्यमन्त्री बन्ने तयारी छ । रोल्पा क्षेत्र नम्बर १ (१) बाट निर्वाचित महराले सरकार गठनको आन्तरिक तयारी थालिसकेको उनीनिटक नेताहरू बताउँछन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया