

मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने तयारी



लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि आज प्रदेशसभाको बैठक बोलाइएको छ ।
आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकबाट चौधरीले विश्वासको मत लिने प्रदेश सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।
केन्द्रको सत्ता समीकरण फेरिएपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीले प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त गरेका थिए । त्यसपछि माओवादीले फागुन २३ मा चौधरीलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र (चैत २२ भित्र) विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।
चौधरीले विश्वासको मत पाउने सम्भावना भने निकै कम देखिएको छ । उनले जसपालाई सरकारमा टिकाइराख्न खोजेका छन् भने अन्य साना दलसँग पनि कुराकानी गरिरहेका छन् ।
८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले ८६ सदस्य छन् । त्यसमध्ये एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४/४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३/३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १/१ र स्वतन्त्रबाट १ सांसद छन् ।
नयाँ सत्ता गठबन्धनको भागवण्डाअनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्री माओवादीले पाउनेछ । माओवादीका जोखबहादुर महरा मुख्यमन्त्री बन्ने तयारी छ । रोल्पा क्षेत्र नम्बर १ (१) बाट निर्वाचित महराले सरकार गठनको आन्तरिक तयारी थालिसकेको उनीनिटक नेताहरू बताउँछन् ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया