

बुटवल –चन्द्रौटा सडक बिस्तार योजना : २२ कम्पनी इच्छुक देखिए





बुटवल–चन्द्रौटा सडक विस्तार गर्न २२ वटा निर्माण कम्पनी इच्छुक देखिएका छन् । बुटवल– गोरुसिंगे– चन्द्रौटा सडक आयोजनाका अनुसार ५० किलोमिटर सडक विस्तारका लागि पहिलो प्याकेजकोकामका लागि २२ वटा कम्पनीले आवेदन दिएका हुन्।
सार्वजनिक खरिद नियमावली अनुसार ५ अर्ब रुपैयाँसम्मको ठेक्कामा मात्र नेपाली कम्पनीले आवेदन दिन पाउँछन्।त्योभन्दा बढी लागतका ठेक्कामा नेपाली कम्पनीले अन्तराष्ट्रिय कम्पनीसँग ‘जेभी‘का रुपमा सहभागी हुनुपर्छ। विश्वबैंकको ३५ अर्ब रुपैयाँ सहयोगमा सडक विस्तार गर्न लागिएको हो।
सडक विस्तारका लागि विभिन्न कम्पनीले भारत, चीन लगायत देशका कम्पनीसँग मिलेर आवेदन दिएका छन् । आयोजना प्रमुख राधिका प्रजापति श्रेष्ठले पहिलो प्याकेजलाई दुई वटा खण्ड गरेर टेण्डर आह्वान गरेकामा पहिलोखण्डका लागि १२ र दोस्रो खण्डका लागि १० वटा कम्पनीले आवेदन दिएको जानकारी दिइन्। उनका अनुसार अहिलेआवेदक कम्पनीको प्राविधिक प्रस्ताव मूल्यांकन गर्ने काम भइरहेको छ।
अबको ३ हप्ताभित्र ठेक्का टुंगो लाग्ने श्रेष्ठले बताइन। ३ वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता गर्ने तयारी छ। पहिलो खण्डको विस्तारमा सानाठूला गरी करिब ३० वटा पुल, १५५ वटा कल्भर्ट तथा ६ वटा अन्डरपास र ओभरपासनिर्माणको योजना छ।


खबर सबै
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया