

नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक बिक्री शुरु





काठमाण्डौ : नयाँ शैक्षिक सत्र २०८१ का लागि पाठ्यपुस्तकको बिक्री शुरु भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हिजोदेखि सात वटा प्रादेशिकसहित ९ वटा बिक्री केन्द्रमार्फत् पाठ्यपुस्तक बिक्री शुरु गरेको हो । यसरी बिक्री भएको पुस्तक पालिकामार्फत विद्यालयहरुमा पुग्छ ।
ताप्लेजुङ, ओखलढुङ्गा, सोलुखुम्बु, तनहुँ, मनाङ, प्युठान, रोल्पा, हुम्ला, अछाम र बाजुरामा पाठ्यपुस्तक बिक्री शुरु भएको छ । आज संखुवासभा, खोटाङ, रसुवा, रौतहट, मुस्ताङ, डोल्पा र दार्चुलामा बिक्री शुरु हुने केन्द्रले जनाएको छ । समयमै विद्यार्थीको हातमा पुस्तक पुर्याउने उद्देश्यले दुर्गम पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक बिक्री शुरु गरेको जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी रविन्द्रकुमार शर्माले बताउनुभयो ।
त्यसैअनुसार पहिलो प्राथमिकतामा हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र, तेस्रोमा तराई र अन्तिममा काठमाण्डौ उपत्यकामा पुस्तक वितरण गर्ने केन्द्रको तयारी छ । केन्द्रले आउँदो शैक्षिक सत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो ।
कक्षा ५ को ५ लाख थान पुस्तक छाप्न बाँकी छ । त्यसबाहेक ६ देखि १२ कक्षासम्मको पाठ्यक्रम छापिसकेको केन्द्रले जनाएको छ । कक्षा ५ को पुस्तक पनि केही दिन मै छापिसक्ने केन्द्रका सूचना अधिकारी शर्माले बताउनुभयो । केन्द्रले आउँदो वैशाख २ गतेसम्म सबै विद्यार्थीको हातमा पुस्तक पुर्याउने लक्ष्य लिएको छ ।
यसअघि पुस्तक छाप्न आवश्यक पर्ने कच्चा पदार्थको अभाव, समयमै रकम निकासा नहुने, वितरण केन्द्रमै किताब थन्किने, दुर्गममा ढुवानीको समस्यालगायतका कारण पुस्तक छपाइमा ढिलाई हुने र विद्यार्थीले समयमा पुस्तक नपाउने समस्या थियो । तर गएको वर्षदेखि व्यवस्थापन मिलाएर सबै जिल्लाका विद्यार्थीलाई समयमै पुस्तक उपलब्ध गराउन थालेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।


खबर सबै
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया