

आईपीएल : पन्जाबले कोलकातालाई ८ विकेटले हरायो



कार्तिक ११, ई–साझाकुरा
आईपीएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा किंग्स इलाभेन पन्जाबले कोलकाता नाइटराइडर्सलाई आठ विकेटले हराएको छ ।

कोलकाताको तर्फबाट जितका लागि पाएको १५० रनको लक्ष्य पन्जाबले १९ औं ओभरमा २ विकेट गुमाएर हासिल गरेको थियो । पन्जाबको जितमा मन्दीप सिंह र क्रिस गेलले १०० रनको साझेदारी गरे ।
मन्दीप सिंहले नटआउट ६६ र क्रिस गेलले ५१ रन बनाए । पाँच छक्का र दुई चौका प्रहार गरेका गेल म्यान अफ द म्याच भए ।
दुबईमा जारी आईपीएलको १३ औं संस्करणमा यो पन्जाबको छैठौं जित र कोलकाताको छैटौं हार हो । जितसँगै पन्जाब १२ अंकसहित अंक तालिकाको चौथो नम्बरमा पुगेको छ ।
यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाता नाइट राइडर्सले निर्धारत २० ओभरमा नौ विकेट गुमाएर १४९ रन बनाएको थियो । शुभमन गिलले अर्धशतक बनाए । कोलकाताको लागि गिलको अलावा कप्तान इयान मोर्गन र लकी फर्ग्युसनले मात्र राम्रो खेल्न सके । अरुले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
शुरुवाती दुई ओभर खेल्दा तीन विकेट गुमेर १० रनमा रहेको अवस्थामा गिल र फर्ग्युसनले ८१ रनको साझेदारी गरे । गिलले ५७ रन बनाए । नवौं नम्बरमा ब्याटिङमा आएका फर्ग्युसनले १२ बलमा नटआउट २४ रन बनाए । यसअघि मोर्गनले २५ बलमा ४० रन जोडेका थिए ।
पन्जाबका लागि मोहम्मद शामीले ३ विकेट लिए । क्रिस जोर्डन र रबि बिश्नोईले २–२ तथा ग्लेन म्याक्सवेल र मुरुगन आश्विनले एक–एक विकेट लिए ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया