गठबन्धन परिवर्तनको ‘साइड इफेक्ट’ संसदमा, बैठक २४ गतेसम्म स्थगित

काठमाडौँ । सत्ता गठबन्धनमा आएको फेरबदलसँगै प्रतिनिधिसभाको बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयले सोमबार बिहान ११ बजेका लागि तय भएको बैठक सूचना टाँस गरेर स्थगित गरेको हो । 

विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको सचिवालयले जनाएको छ । 

कांग्रेस नेतृत्वको गठबन्धन तोडेर माओवादी केन्द्रले एमालेलगायतका दलहरूसँग सहकार्य अघि बढाएको छ । 

429643462_937939484570714_4245205800181406550_n

प्रतिक्रिया

खबर सबै