ठेकेदारको लापरवाहीले तौलिहवाको सर्भिस लेन अलपत्र

कपिलवस्तु । कपिलवस्तुको तौलिहवामा ठेकेदारको लापरवाहँीका कारण एक अयोजना अलपत्र परेको छ । ठेकेदारको चरम लापरवाहीका कारण दुर्घटना समेत बढ्दै गएको छ ।

तौलिहवाको समयमाई चोक देखि गौढी सम्म सर्भिस लेनको भाग ठेकेदार कम्पनीले निर्माण गर्न बेवास्ता र लापरबाहीले गर्दा अहिले त्यहा दिनुह जसो दुर्घटना बढदै गएको छ ।

ठेकेदार कम्पनी गंगोत्री निर्माण सेवाले २०७८ साल मै ठेक्का संझौता गरी पटक पटक म्याद थपेर २०८० असार भित्र संपन्न गर्नु पर्ने काम अझै सम्म अधुरै छाडेको र निर्माणमा कुनै चासो नदेखाएकाले सो बाटो अलपत्र अवस्थामा रहेको छ ।

राजन टेन्ट हाउसका मालिक माहोम्द जमाले पटक पटक सम्बन्धित निकायलाई जानकारी र ध्यानकर्षण गराउदा समेत सो बाटो निर्माणमा कसैले चासो नदिएको गुनासो गरे । सर्भिस लेन नबन्दा सो खण्डमा रहेको ब्यापारीरुको ब्यापारमा निकै कमी आएको उनले बताए । ‘ हामीहरुको पीडा कसैले सुन्नेवाला छैन ’ उनले निशार हुदै भने ।

सोही सडक खन्डमा यशोधरा माबि समेत छ । त्यहा पढने बिद्यार्थीहरुलाई समते बाटोको अवस्थाले गर्दा आउजाउ गर्न निकै गाह्रो छ । ४४ लाख लागतको ठेक्का रहेको सो बाटोको दुबै तर्फका सर्भिस लेनको २ सय ४५÷ २ सय ४५ मिटर मात्र बनाउन बाकी रहेको सडक डिभिजन कार्यालकया प्रमुख बिवशबावु सदादेवले बताए ।

उनले आफुहरुले ठेकेदार कम्पनीलाईृ पटक पटक समय मै काम गर्न निर्देशन दिए पनि अटेरी गरको बताए ।उनले अब आफुहरु कारबाही प्रकृयामा जाने तयारी गरेको बताए । बिद्यतुको पोल नसारिदा काममा ढिलाइ भएको ठेकेदार कम्पनीको दाबी छ ।

प्रतिक्रिया

खबर सबै