

लुम्बिनीमा ‘टेक कन्क्लेभ’को तयारी



बुटवल । कोड फर चेन्ज नामक संस्थाले लुम्बिनी प्रदेशमा आउँदो फागुन १३ गते ‘टेक कन्क्लेभ २०२४’ आयोजना गर्ने भएको छ । प्रदेश युवा परिषद्सँग सहकार्य गरी उक्त संस्थाले एसियन बुद्ध होटल सिद्धार्थनगरमा उक्त कार्यक्रम गर्न लागेको हो ।
यो कार्यक्रमले नेपालको सूचना प्रविधिको क्षेत्रमा टेवा पुर्याउने र प्रविधिमा काम गरिरहेका संस्था र व्यक्तिहरूलाई जोड्ने आयोजकले जनाएको छ । मुख्यगरी सूचना प्रविधिमा रुचि राख्ने माध्यमिक तथा स्नातक तह अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी यो कार्यक्रम हुन लागेको हो ।
यसअन्तर्गत प्रविधि क्षेत्रमा काम गर्दै आएका कम्पनीहरु, कलेजहरु र विद्यार्थीहरु, सरकारी निकाय जम्मा गरी एक आपसमा देखिएको दूरीलाई कम गर्ने आयोजकले उल्लेख गरेको छ ।
यस कार्यक्रमभित्र सूचना प्रविधिको तीव्र विकास र भविष्यबारे पावर टक, प्यानल डिस्कसन, प्रोजेक्ट प्रदर्शनी, स्टल भिजिट, नेटवर्किङ सेसन तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम हुनेछन ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया