

लुम्बिनीमा ‘टेक कन्क्लेभ’को तयारी



बुटवल । कोड फर चेन्ज नामक संस्थाले लुम्बिनी प्रदेशमा आउँदो फागुन १३ गते ‘टेक कन्क्लेभ २०२४’ आयोजना गर्ने भएको छ । प्रदेश युवा परिषद्सँग सहकार्य गरी उक्त संस्थाले एसियन बुद्ध होटल सिद्धार्थनगरमा उक्त कार्यक्रम गर्न लागेको हो ।
यो कार्यक्रमले नेपालको सूचना प्रविधिको क्षेत्रमा टेवा पुर्याउने र प्रविधिमा काम गरिरहेका संस्था र व्यक्तिहरूलाई जोड्ने आयोजकले जनाएको छ । मुख्यगरी सूचना प्रविधिमा रुचि राख्ने माध्यमिक तथा स्नातक तह अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी यो कार्यक्रम हुन लागेको हो ।
यसअन्तर्गत प्रविधि क्षेत्रमा काम गर्दै आएका कम्पनीहरु, कलेजहरु र विद्यार्थीहरु, सरकारी निकाय जम्मा गरी एक आपसमा देखिएको दूरीलाई कम गर्ने आयोजकले उल्लेख गरेको छ ।
यस कार्यक्रमभित्र सूचना प्रविधिको तीव्र विकास र भविष्यबारे पावर टक, प्यानल डिस्कसन, प्रोजेक्ट प्रदर्शनी, स्टल भिजिट, नेटवर्किङ सेसन तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम हुनेछन ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया