

नेपाली आधुनिक संगीतको सय वर्ष





पोखरामा जारी दशौँ नेपाल लिट्रेचर फेस्टिभलको दोस्रो साँझ पुरानादेखि नयाँ आधुनिक गीतहरुको गाइएको छ। आधुनिक संगीतको सय वर्ष शीर्षकको उक्त सेसनमा कुन्ती मोक्तान, लोचन भट्टराई, शिलाबहादुर मोक्तान लगायतका कलाकारले प्रस्तुति दिएका थिए।
गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा नेपाल संगीत नाट्य एकेडेमीको आयोजनामा भएको सेसनमा वि.सं. १९६५ देखि यता विभिन्न काल खण्डका गीतहरू गाइएको थियो। जसमा १९६० को दशकको राणाकालमा, २००० को दशकमा प्रजातन्त्र आइसकेपछि र पञ्चायतकालमा रचिएका तथा गाइएका गीतहरू रहेका छन्।
तीत चरणमा विभाजित सांगीतिक कार्यक्रमको सुरुवात नेवारी गीत राजमति खुमतिबाट गरिएको थियो। त्यस्तै वि.सं.२००० भन्दा अघिका केही सीमित गीतमध्ये मेलवादेवीको सवारी मेरो रेलैमा, मित्रसेनको लाहुरेको रेलिमाई, उस्ताद साइँलाको रातो ठेकी नारन तथा रानुदेवी अधिकारीको क्रान्तिकारी गीत नेपाली अघि बढ हातमा क्रान्तिको झण्डा लिई लगायतका गीत गाइएको थियो।
त्यस्तै २००० देखि यता प्रजातन्त्र तथा रेडियो नेपालको स्थापना भइसकेपछि रेकर्ड भएका गीतहरू प्रस्तुत गरिएको थियो। जसमा हरिप्रसाद रिमालको फगत एक नजरमा, नारायण गोपाल र तारादेवीको हे कान्छा ठट्टैमा वैँश जान लाग्यो, बच्चु कैलाशको तितरी पंखी बादलमाथि, नातिकाजीको नेपाली हामी रहौँला कहाँ लगायतका गीत गाइयो।
त्यसपछिको चरणमा २०३०, ४० को दशकमा स्थापना भएका सांगीतिक राल्फा समूहको गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, कोही त भने जहाजमा, लेकाली समूहको मलाई प्यारो लाग्छ, अम्बर गुरुङको नौलाख तारा उदाए धर्तिको आकाश हाँसेछ, गोपाल योन्जनको बनेको छ पहराले लगायतका गीत प्रस्तुत गरिएको थियो।
त्यस्तै पुराना चलचित्र गीतहरू माइतीघर, गैरी खेतको सरौँतीले लगायतका गीतमा नृत्य पनि प्रस्तुत गरिएको थियो।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया