

विद्यालयहरुले मनाए वसन्त पञ्चमी, अक्षयकोष पनि स्थापना




रामबहादुर गन्धर्व, कपिलवस्तु । बसन्त पञ्चमी ,सरस्वती पुजा एवम् अक्षरारम्भकाे अवसरमा कपिलवस्तुमा एक परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । कपिलवस्तु नगरपालिका वडा नं.९ स्थित श्री मा.बि.लाई साेही वडा निवासी पितबहादुर कामीले आफ्नाे धर्म पत्नी स्व:कमला बि.क.काे सम्झनामा बिद्यालयकाे शैक्षिक गुणस्तर सुधार गर्ने उद्वेश्यले रू. पचास हजार बराबरकाे अक्षयकोष स्थापना गरिएको उनलेे बताए ।
स्व.कमला बि.क.का श्रीमान सहित छाेराहरू बिजय,प्रकाश बि.क र छाेरी सरस्वती बि.क.ले संयुक्त रूपमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका थिए। साे अवसरमा बिद्यालयले पितबहादुर कामी लगायत वहाँकाे परिवारलाई प्रशंसापत्र सहित खादा ,मालाले सम्मान गरेको थियो ।
यसैबीच उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै स्थानीय समाजसेवी ,पुर्व टाेल बिकास संस्थाका अध्यक्ष रिसव पौडेलले बिद्यालयकाे उज्ज्वल भविष्यकाे कामना गर्दै सबैलाई जिम्मेवार बन्न आग्रह गर्दै आफुले पनि सक्दाे भुमिका खेल्ने कुरामा जाेड दिए। बिद्यालयका अभिभावक , स्थानीय समाजसेवी ,विभिन्न सामाजिक संस्थाका पदाधिकारी लगाएतकाे बिशेष उपस्थिति रहेको कार्यक्रम बिद्यालय ब्य.समितिका पुर्व अध्यक्ष गिताराम जैसीकाे अध्यक्षता ,बालप्रसाद पौडेलकाे प्रमुख आतिथ्यता सहायक प्र.अ.दाेर्णप्रसाद आचार्यकाे स्वागत मन्त्ब्य र लेखापाल खुमबहादुर बिश्वकर्माकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

यता बाणगंगा नगरपालिका ६बैदौली स्थित कपिलवस्तु ज्ञानज्याेति शिक्षा सदनले पनि रथ यात्रा सहित विभिन्न कला संस्कृति झल्काउने खालको मनाेरञ्नात्मक सांस्कृतिक कार्यक्रम सहित सरस्वती पुजा -अक्षराम्भ कार्यक्रम सम्पन्न गरेको छ।
विभिन्न बिद्यालयका शिक्षक शिक्षिका सामाजिक संघसंस्थाका पदाधिकारी ,अभिभावक ,शेयर सदस्य ,सम्बन्धित बिद्यालयका शिक्षक कर्मचारीहरूकाे सक्रिय सहभागी रहेको उक्त कार्यक्रम युवराज पाेख्रेलकाे अध्यक्षता बाणगंगा नगरपालिकाकि उपप्रमुख रिता कुमारी थारूकाे प्रमुख आतिथ्यता र सहायक प्र.अ. प्रकाश बि.क.काे सञ्चालनमा भएको थियो ।
त्यस्तै : अन्नपूर्ण बिद्या मन्दिर मा.बि.बाणगंगा५काेपवाले सरस्वती पुजा तथा अक्षराम्भ कार्यक्रमकाे अवससर पारेर विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम,द्वितीय ,तृतीय र सान्त्वना स्थान प्राप्त गरेका बिद्यार्थीहरूलाई पुरस्कार सहित मेडल प्रदान गरेको बिद्यालयले जनाएको छ।
कार्यक्रम प्रधानध्यापक मदन मल्लकाे अध्यक्षता ,कमलप्रसाद खनालकाे प्रमुख आतिथ्यता र ब्यवस्थापक कपिल घिमिरेको सञ्चालनमा सम्पन्न भयकाे हाे ।
यता बुद्धशान्ति ईङलिस बाेडिङ्ग स्कुल कुस्मा कपिलवस्तुले पनि बिभिन्न सांस्कृतिक मनाेरञ्नात्मक कार्यक्रम सहित सरस्वती पुजा एवम् अक्षारम्भ कार्यक्रम सम्पन्न गरेको छ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया