हुलाकअन्तर्गतका एक हजार ६३६ दरबन्दी खारेज

काठमाडौं । सरकारले हुलाकअन्तर्गतका एक हजार ६३६ दरबन्दी खारेज गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ुएक पालिका एक हुलाकु नीति अवलम्बन गर्दै केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन कार्यालयका एक हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्।

त्यस्तै रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यक्षमा महोत्तरीका डा। पर्शुराम मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको छ।

त्यस्तै प्रधानमन्त्री कार्यालयको प्रस्तावमा विद्युतीय सुशासन आयोग सम्बन्धनमा बनेको विधेयकलाई तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको मन्त्री शर्माले बताइन्।

त्यस्तै भूमि गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण पहिलो निर्देशिका २०८० स्वीकृति गर्ने निर्णयसमेत भएको मन्त्री शर्माले बताइन्।

प्रतिक्रिया

खबर सबै