मोतिपुर खानेपानी तथा सरसफाई संस्था उदयपुरको बधाई, गोपनियता तथा सपथ गह्रण कार्यक्रम सम्पन्न ।।

मोतिपुर खानेपानी तथा सरसफाई संस्था वाणगंगा नगरपालिका वडा नम्बर ८ उदयपुर उपभोक्ता समितिमा निर्वाचित पदाधिकारीहरुको बधाई, गोपनियता तथा सपथ गह्रण कार्यक्रम समपन्न भएको छ । माग ८ गते भएको तेस्रो वार्षिक साधरण सभा तथा तेस्रो अधिवेनबाट नयाँ समिति चयन भएको थियो । जसको अध्यक्षमा तिलकराम कडेल,उपाध्यक्ष मिना शर्मा भट्टराई,सचिव आत्मराम बेल्वासे,कोषाध्यक्ष निम बहादुर खत्री क्षेत्री, सह सचिव सावित्रा न्यापाने,सदस्यहरुमा जगनारायण थारु,कृष्ण प्रसाद अधिकारी,लक्ष्मी घिमिरे न्यौपाने, शान्ता न्यौपाने पोख्रोल रहनु भएको छ ।

कार्यक्रमका अध्यक्ष तथा निर्वाचन मण्डलका संयोजक रविराज आचार्यकोले संस्थालाई अगाडि बढाउन सबै सँग सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो । साथै उहाँले संस्थाको स्तर उन्नति र विकासमा उपभोक्ता र समाजसेविको हिसाबले सधै लागि पर्ने बताउदै नवनिर्वाचित अध्यक्षलाई संस्थाको बारेमा धेरै थाहा भएको बताउनु भयो ।

निर्वाचन मण्डलका सदस्य दुर्गा आचार्यले सुरक्षित पानी पिउन पाउने अधिकार हरेक व्यक्तिको रहेको हुर्दा यसमा सबैले जोड हुनु पर्ने बताउनु भयो ।

, वडा नम्बर ८का वडा सदस्य शैलेन्द्र बेल्वासेले उपभोक्तको हक हितमा काम गर्नु पर्ने वताउदै वडा सधैं साथमा रहेको बताउनु भयो ।

नव निर्वाचित तिलकराम कडेलले संस्थालाई बलियो बनाउन र उपभोक्ताको हकहितमा काम गर्न सधैं खटिने बताउनु भयो । आफू अध्यक्ष भएको नाताले पनि संस्थामा सबै सँग सहकार्य गर्दै अब बोलेर भन्दा पनि काम गरेर देखाने प्रतिबद्धता उहाँले जनाउनु भयो ।

टोल समितिका अध्यक्ष ज्वारि लाल घिमिरे,संस्थाका निर्वतमान उपाध्यक्ष पार्वता थापा मगरले नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिदै समय अनुसार काम र शैली व्यावस्थापन गर्दै जानू पर्ने स्पष्ट पार्नु भयो ।

निर्वाचन मण्डलका सदस्य दया प्रसाद घिमिरे, समाज सेवी, उपभोक्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन निर्वतमान सचिव टुकलाल भट्टराईले गरेको युवा समाजसेवी भागिरथ न्यौपानेले जानकारी दिनु भयो ।

प्रतिक्रिया

खबर सबै