प्रशासकीय अधिकृतको कार्यशैली प्रति मायादेवी गाउँपालिकाका वडा अध्यक्षहरु असन्तुष्ट


कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा प्रमूख प्रशासकीय अधिकृतको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै वडा अध्यक्षहरुले संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

सोमबार गाउँपालिकाको कार्यालय मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ज्ञापनपत्र पेश गर्दे पालिकाका ८ जना वडा अध्यक्षहरुले प्रमूख प्रशासकी अधिकृत सबिन सिँह चौधरीको क्रियाकलाप वडा लगाएत गाउँपालिका भित्रका सम्पूर्ण जनप्रतिनिधि तथा जनतासँग अभद्र तरिकाले पेश हुने गरेको आरोप लगाएका छन् ।

डा नम्बर १ देखि वडा नम्बर ८ सम्मका वडा अध्यक्षहरु मुहम्मद ईशहाक मुसलमान, मोहम्मद हुुेन मुसलमान, शैलेन्द्र कुमार यादव, असफाक अहमद मुसलमान, राघवेन्द्र प्रसाद पाण्डे, सन्दिप चौधरी, जनार्दन प्रसाद कुर्मी, र मो. मुस्ताक अहमदको हस्ताक्षरित ज्ञापन पत्रमा पालिकाका प्रशासकिय अधिकृतले जनप्रतिनिधि र जनतालाई असहयोग गर्ने गरेको उल्लेख गरिएको छ । प्रशाकीय अधिकृतको बदनियतपूर्ण तरिकाले जनतालई दुख दिने र आर्थिक चलखेल समेत गर्ने कार्य भइरहेको उनीहरुको ज्ञापनपत्रमा उल्लेख छ ।

वडा अध्यक्षहरुले पालिकाबाट जनता र जनप्रतिनिधिहरुलाई छिटो छरितो सेवा प्रवाह हुनुपर्ने माग समेत राखेका छन् । उनीहरुले संघर्षका कार्यक्रम घोषणा गर्ने समेत चेतावनी दिएका छन् ।

प्रतिक्रिया

खबर सबै