

पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना





काठमाडौ । लामो समय हिउँदे वर्षा नहुँदा मर्कामा परेका पश्चिम नेपालका बासिन्दाहरुका लागि खुसीको खबर छ । किनकी नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पोखरादेखि पश्चिम क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात र वर्षा हुने छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका मौसमविद डा। विनोद पोखरेल पश्चिमी वायुको प्रभावले आगामी बिहीबार पश्चिम नेपालमा दिनभर वर्षा हुने सम्भावना रहेको बताउँछन् । उनले भने, ‘पोखरादेखि पश्चिम बिहीबार दिनभर राम्रै वर्षा हुने देखिन्छ, पश्चिममा शुक्रबार बिहानसम्म पनि वर्षाको सम्भावना छ । अन्त भने हल्का वर्षा हुने सम्भावना छ ।’
पूर्वानुमान मोडेलहरुले पश्चिमी नेपालमा ‘राम्रो वर्षा’ हुने र काठमाडौंमा भने हल्का वर्षा हुने देखाएको पोखरेल बताउँछन् । उनले आगामी सोमबारदेखि अर्को नयाँ प्रणालीको प्रभावले पुनः वर्षा गराउने सम्भावना रहेको पनि बताए ।
यद्यपि मौसम पूर्वानुमान गर्ने सबै मोडेलहरुले एकरुपता देखाएका छैनन् । त्यसैले पूर्वानुमान गर्न मौसमविदहरुलाई गाह्रो छ । तर पश्चिम नेपालमा हल्कादेखि मध्यम खालको हिमपात र त्यस्तै खालको वर्षा हुनेमा मौसमविदहरु एकमत छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद गंगा नगरकोटी पूर्वको तुलनामा पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना बढी रहेको बताउँछिन् ।
सुदूरपश्चिम, कर्णाली, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा वर्षा र हिमपातको सम्भावना रहेको उनले बताइन् । कोशी र बागमती प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको उनको भनाइ छ । पानी पर्दा काठमाडौं उपत्यका वरपरका उच्च भेगमा हल्का हिमपातको सम्भावना हुने उनले बताइन् ।
काठमाडौं उपत्यका र मधेश प्रदेशमा भने वर्षाको खासै सम्भावना छैन । भए पनि छिटपुट मात्र वर्षाको सम्भावना रहेको मौसमविद बताउँछन् ।
मौसमविद नगरकोटी लामो समयदेखि हिउँदे वर्षा नहुँदा मारमा परेकाहरुलाई बिहीबारदेखिको वर्षाले राहत हुनसक्ने बताउँछिन् । ‘अहिले मध्यम खालको सिस्टम छ । त्यसको प्रभावले हल्कादेखि मध्यम हिमपात र हल्का वर्षा हुने देखिन्छ,’ मौसमविद नगरकोटीले भनिन्, ‘यसले बालीनालीलाई फाइदा हुन्छ ।’
यो वर्षापछि न्यूनतम र अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको मौसमविद बताउँछन् । ‘न्यूनतम तापक्रम र अधिकतम तापक्रम हल्का बढ्न सक्छ,’ मौसमविद पोखरेलले भने । यो प्रणालीले तराई मधेशमा दिउँसोसम्मै लाग्ने हुस्सु पनि छिटो हट्ने उनले बताए ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया