

विश्वमै पहिलो पटक मानव मस्तिष्कमा ‘चिप’ प्रत्यारोपण



एजेन्सी : विश्वकै धनी व्यक्ति एलन मस्कले आफ्नो कम्पनी न्युरालिङ्कले पहिलो पटक मानव मस्तिष्कमा चिप प्रत्यारोपण गरेको दाबी गर्नुभएको छ ।
मस्कले पहिलो पटक मानिसमा वायरलेस ब्रेन चिप सफल प्रत्यारोपण गरेको बताउनुभएको बीबीसीले जनाएको छ । चिप प्रत्यारोपण गरिएका व्यक्ति निको हुँदै गइरहेका मस्कले जानकारी दिनुभएको छ ।
यो चिपको सहायताले व्यक्तिले सोचेकै भरमा फोन, कम्प्युटर वा अन्य उपकरण नियन्त्रण गर्न सक्ने उहाँले बताउनुभएको छ । जटिल न्युरोलोजिकल (स्नायुसम्बन्धी) रोगहरूको सामना गर्न मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्न चाहेको कम्पनीले जनाएको छ ।
मस्कको कम्पनी न्युरालिङ्कलाई गएको वर्ष अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले मानवमाथि चिपको परीक्षण गर्न अनुमति दिएको थियो । कपालको रेसाभन्दा पनि पातलको यो चिप यसअघि रोबोटमा प्रयोग गरिएको थियो । कम्पनीले छ वर्ष लगाएर यो चिप बनाएको हो ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया