घरको छतबाट खसेर किशोरीको मृत्यु

दाङ । दाङको तुलसीपुरमा घरको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ। तुलसीपुर ५ रानीजरुवाकी १८ वर्षीया कमला केसी शुक्रबार बेलुका आफ्नै घरको छतबाट खसेर गम्भीर घाइते भएकी थिइन्।

छतको रेलिङमा बसेकी उनी सन्तुलन गुमाउन पुग्दा खसेको भन्ने कुरा खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए।

बेलुकी सवा सात बजेतिर एक तले घरको छतबाट खसेकी केसीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु¥याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बाँकेको कोहलपुर मेडिकल कलेजका लागि रिफर गरिएको थियो। त्यता लैजाने क्रममा राति साढे ११ बजेतिर बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक मल्लले बताए। घटनाबारे अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ।

प्रतिक्रिया

खबर सबै