

माघ २८ गते भित्र निर्वाचन : नेपाल स्काउट





भगवती न्यौपाने, नेपाल स्काउटको पूर्वनिर्धारित चुनावको समय केही साता पर सरेको छ । अब माघ २८ गतेभित्र चुनाव हुने गरी चुनाव कार्यक्रम अघि बढाउने स्काउटका निर्देशक रामप्रसाद भट्टराईले जानकारी दिनु भयो ।
यसअघि माघ पहिलो साता चुनाव गर्ने तय भएको थियो । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको अध्यक्षतामा बसेको नेपाल स्काउट राष्ट्रिय परिषद्को बैठकले ’हाल प्रक्रियामा रहेको नेपाल स्काउटको निर्वाचन सम्बन्धमा परेको गुनासो र उजुरीहरुलाई दृष्टिगत गरि राष्ट्रिय तदर्थ समितिद्वारा घोषणा गरिएको निर्वाचन स्थगित गर्न निर्देशन दिने र नेपाल स्काउट निर्वाचन निर्देशिका २०७८ लाई सार्वजनिक सुझाव समेत लिई संसोधन गरि ३५ दिनभित्र निर्वाचन सम्पन्न गर्ने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेपछि निर्वाचन केही पर धकेलिएको हो ।
निर्वाचन स्थगन भएपनि नेपाल स्काउट स्थानीय परिषद् सदस्य निर्वाचनका लागि मिति २०० पौष २२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरू यथावत रहने र दर्ता भएका मतदाता तथा सदस्यहरु पनि यथावत कायम रहनेछन् । पूर्वनिर्धारित निर्वाचन सम्बन्धी अन्य कार्यक्रमहरुको मिति पुनःनिर्धारण गर्ने गरि आगामी मिति २०० माघ २८ गते भित्रमा निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु सम्पन्न गर्ने गरि हालका लागि मतदाता नामावलीमा छुट भएका स्काउटरहरुको हकमा नाम दर्ता तथा नवीकरण गर्न पुनः आह्वान गरिएको स्काउटद्वारा जारी सूचनामा छ।
’युनिट दर्ता गर्न नेपाल स्काउट सदस्यता दर्ता पोर्टल पौष २३ गते देखि खुल्ला भई माघ ८ गते दिनको ५ बजे बन्द हुने व्यहोरा सुचित गरिन्छ’ सूचनामा छ,’ साथै निर्वाचन निर्देशिका संसोधनका लागि आबश्यक सुझाव संकलनका गर्न आगामी २७ गते बिहान ११ बजे नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा सुझाव संकलन गोष्ठी आयोजना गर्ने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गरिन्छ ।’


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया