

माघ २८ गते भित्र निर्वाचन : नेपाल स्काउट



भगवती न्यौपाने, नेपाल स्काउटको पूर्वनिर्धारित चुनावको समय केही साता पर सरेको छ । अब माघ २८ गतेभित्र चुनाव हुने गरी चुनाव कार्यक्रम अघि बढाउने स्काउटका निर्देशक रामप्रसाद भट्टराईले जानकारी दिनु भयो ।
यसअघि माघ पहिलो साता चुनाव गर्ने तय भएको थियो । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको अध्यक्षतामा बसेको नेपाल स्काउट राष्ट्रिय परिषद्को बैठकले ’हाल प्रक्रियामा रहेको नेपाल स्काउटको निर्वाचन सम्बन्धमा परेको गुनासो र उजुरीहरुलाई दृष्टिगत गरि राष्ट्रिय तदर्थ समितिद्वारा घोषणा गरिएको निर्वाचन स्थगित गर्न निर्देशन दिने र नेपाल स्काउट निर्वाचन निर्देशिका २०७८ लाई सार्वजनिक सुझाव समेत लिई संसोधन गरि ३५ दिनभित्र निर्वाचन सम्पन्न गर्ने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेपछि निर्वाचन केही पर धकेलिएको हो ।
निर्वाचन स्थगन भएपनि नेपाल स्काउट स्थानीय परिषद् सदस्य निर्वाचनका लागि मिति २०० पौष २२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरू यथावत रहने र दर्ता भएका मतदाता तथा सदस्यहरु पनि यथावत कायम रहनेछन् । पूर्वनिर्धारित निर्वाचन सम्बन्धी अन्य कार्यक्रमहरुको मिति पुनःनिर्धारण गर्ने गरि आगामी मिति २०० माघ २८ गते भित्रमा निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु सम्पन्न गर्ने गरि हालका लागि मतदाता नामावलीमा छुट भएका स्काउटरहरुको हकमा नाम दर्ता तथा नवीकरण गर्न पुनः आह्वान गरिएको स्काउटद्वारा जारी सूचनामा छ।
’युनिट दर्ता गर्न नेपाल स्काउट सदस्यता दर्ता पोर्टल पौष २३ गते देखि खुल्ला भई माघ ८ गते दिनको ५ बजे बन्द हुने व्यहोरा सुचित गरिन्छ’ सूचनामा छ,’ साथै निर्वाचन निर्देशिका संसोधनका लागि आबश्यक सुझाव संकलनका गर्न आगामी २७ गते बिहान ११ बजे नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा सुझाव संकलन गोष्ठी आयोजना गर्ने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गरिन्छ ।’


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया