

कपिलवस्तु बहुमुखी क्याम्पसले पायो क्युएए प्रमाण पत्र



कपिलवस्तु बहुमुखी क्याम्पस, तौलिहवाले पहिलोपटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने क्युएए प्रमाणपत्र यसपटक प्राप्त गर्ने नेपालका तीनवटा क्याम्पसमध्ये कपिलवस्तु बहुमुखी क्याम्पस पनि पर्न सफल भएको हो ।
गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट अनुदान लगायतका अन्य सुविधा प्राप्त गर्न सक्छ। कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवा क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल हुनु आफैँमा गर्वको कुरा भएकाले आगामी दिनमा थप शैक्षिक गुणस्तर वृद्धि गरिँदै लगिने योजना रहेको क्याम्पस प्रमुख डा. बिनय पाण्डेले बताए ।
विश्वविद्यालय अनुदान आयोग गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रियामा सहभागी भई सबै चरण पार गरी शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिस अनुसार क्याम्पसलाई क्युएए प्राप्त भएको क्याम्पस प्रमुख पाण्डेले बताए ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामदास गुप्ताले नेपालभरि क्याम्पसले क्युएए प्राप्त गरेपछि खुशी लागेको बताए । क्याम्पसले छिमेकी क्याम्पसहरूमा पढाइ हुने विषयभन्दा नयाँ खालका प्राविधिक विषय थप गर्ने योजना रहेको उनले बताए ।
कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवा २०३७ सालमा स्थापना भएको थियो । क्याम्पसमा प्रविणता प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्म अध्ध्यापन हुने गर्दछ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन








प्रतिक्रिया