लायन्स संस्थापक जोन्सको सम्झनामा, कपिलवस्तु लायन्सले मनाउदै १४५ औँ सर्भिस सप्ताह

कपिलवस्तु : सामाजिक क्षेत्रमा अग्रसर लायन्स क्लव अफ कपिलवस्तु लायन्स अन्तराष्ट्रियको संस्थापक मेन्भिन जोन्सको सम्झनामा १४५ औँ सर्भि सप्तहा मनाउने भएको हो ।

लायन्स क्लव अफ कपिलवस्तुले प्रत्येक वर्ष जोन्सको सम्झनामा सर्भिस सप्ताह मनाउदै आएको छ । एक हप्ता सम्म निरन्तर चल्ने सप्ताहमा लायन्सले विभिन्न सामाजिक क्षेत्रमा अग्रसर हुर्दै आएको छ ।

सप्ताहको पहिलो दिन आज जनावरी ६ मा लायन्स क्लव अफ कपिलवस्तुले निमार्ण गरेको लायन्स पार्क कपिलधाम सरसफाई गरेको छ ।

यस्तै क्लवले दोस्रो दिन Hunger Relife तेस्रो दिन Eye Camp सहित क्रमश Diabetes Camp, Humanitarian Effort Program, Childhood Cancer Victim Suppoer र Broad Health Camp  मनाउने भएको छ ।

आज आयोजित कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तु, लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनी तथा लियो क्लव अफ कपिलवस्तुको सहभागिता रहेको थियो ।

आयोजित कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका पुर्व अध्यक्ष तथा लान्यस क्लव अफ कपिलवस्तुका संस्थापक अध्यक्ष कृष्णा के.सी तथा पुर्व अध्यक्ष सुरेन्द्र घिमिरे, राम शुभागे थारु लगायतको सहभागिता रहेको थियो ।

आयोजित कार्यक्रममा लायन्स दिदिबहिनीको संस्थापक अध्यक्ष लक्ष्मी गैरे, पुर्व अध्यक्ष सविता पौडेलको समेत सहभागिता रहेको कार्यक्रममा लियो क्लव अफ कपिलवस्तुका वर्ष २०२३/२४ का अध्यक्ष कपिलदेव भट्टराइको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

खबर सबै