

निरन्तर व्यवसायीको पक्षमा उद्योग व्यापार संघ: अध्यक्ष पौडेल



उद्योग व्यापार संघ कपिलवस्तुले स्थापना भएको छोटो समयमै गरेका विभिन्न सामाजिक क्रियाकलाप सार्वजनिक गरेको छ । संघले स्थापना भएको एक वर्षको अवधिमा भए गरेका कामको विवरण सार्वजनिक गरेको हो । २०७९ माघ १० गते सम्पन्न संघको अधिवेशन सम्पन्न भई खिमानन्द पौडेल अध्यक्ष सहितको कार्यसमिति निर्माण भएको थियो । उक्त समितिले गरेका कामको मंगलबार संघको कार्यलयमा सार्वजनिक गरिएको छ । संघले यस अवधिमा विभिन्न सामाजिक काम गर्नुका साथै व्यवसायीको हक हितमा थुप्रै काम गरेको जनाएको छ ।
संघका अध्यक्ष पौडेलले आफू पदाधिकारी भएको अर्को दिन देखिनै विभिन्न कार्यमा सहभागि हुँदै सङ्घलाई संस्थागत गर्न तर्फ लागिएको बताए । उनले उद्योग व्यापार संघ निरन्तर व्यवसायीको पक्षमा रहेको बताए । उनले संस्था स्थापना भए पछि संस्थाले गरेको कामको समीक्षा, उपलब्धि लगायतको बारेमा जानकारी गराएका थिए ।
उहाँले संस्था स्थापना भएको छोटो समयमा धेरै प्रगति र समाजसेवा गर्न सफल संस्थाले प्रगति योग्य काम गरेको उल्लेख गर्नु भयो । यता स्थानीय तहले उद्योग व्यापार संघ, कपिलवस्तुलाई फरक दृष्टिकोण राखेर विभेद गरेको समेत उहाँले बताए ।
यस्तै कार्यक्रममा एभरेष्ट चेम्बर अफ कमर्श एण्ड ईन्ड्रष्टिज भारतकासह महामन्त्री गोविन्द पोख्रेलले उद्योगी व्यवसायीका पिर मर्का बुझ्ने कोही नहुँदा व्यापार व्यवसाय धर्मराएको बताए । उनले यसको समस्या समाधान नदेखेर व्यवसायीहरू पलायनको बाटो रोज्न बाध्य भएको बताए ।
कार्यक्रममा एभरेष्ट चेम्बर अफ कमर्श एण्ड ईन्ड्रष्टिज भारतका सहमहामन्त्री जेपी पाण्डेले सङ्घलाई सफलताको शुभकामना व्यक्त गरेका थिए । संस्थाका पुर्व अध्यक्ष हुमनाथ पौडेल, अन्य पदाधिकारी, व्यवसायी, पत्रकारहरू कार्यक्रममा सहभागि थिए । यसैबीच उद्योग व्यापार संघ कपिलवस्तु यहीँ माघ ३ गते भारतको राजधानी दिल्लीमा लागेको उद्योग एक्जीवेसनको अवलोकनका लागि जाने भएको छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया