

वाणगंगामा ११ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ८६ पुग्यो



कात्तिक ७ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका कोरोनाको संक्रमणका हिसाबले अहिले जिल्लामा मुख्य केन्द्र बनेको छ । दिनहुँ संक्रमितहरुको संख्या बृद्धि भईरहदा कपिलवस्तुका अन्य स्थानिय तहहरुको तुलनामा वाणगंगामा सक्रिय संक्रमितहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । नगरपालिकामा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार आज लक्षण सहितका ११ जना नयाँ संक्रमित थपिएका हुन् ।
थपिएका संक्रमितहरु मध्ये एक जना नगरपालिकाका कर्मचारी छन भने २ जना स्वास्थ्यकर्मी रहेका छन् । त्यस्तै वडा नम्बर १ का ३२ वर्षिय महिला र २४ वर्षिय पुरुष, वडा नम्बर ४ का २३ र २१ वर्षका २ महिला, वडा नम्बर ५ का २८ वर्षिय महिला, वडा नम्बर ८ का ३८ वर्षिय एक महिला र ४७ वर्षका २ पुरुष, ९ नम्बर वडाका ३६ वर्षिय महिला र ३१ वर्षका पुरुष रहेका छन् । यसैगरी वडा नम्बर ११ का २ वर्षिय बालकमा पनि संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखा जनाएको छ ।
कार्तिक ४ गते संकलन गरिएको ५६ स्वाब मध्ये आज ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै वाणगंगा नगरपालिकामा कोरोना संक्रमितको संख्या २ सय ४५ पुगेको छ भने सक्रिय संक्रमितको संँख्या ८६ पुगेको छ । ती मध्ये ६ जना जिल्ला बाहिरका आईसोलेसन अस्पतालहरुमा उपचाररत छन भने ८० जना होम आईसोलेसनमा बसेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमूख पौडेलले जानकारी दिनुभएको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले थपिएका सबै संक्रमितमा लक्ष्ण देखिएको बताउनुभयो । उनिहरुसबैको कन्ट्याक ट्रेसिङबाट स्वाब संकलन गरिएको हो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया