

वाणगंगामा ११ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ८६ पुग्यो


कात्तिक ७ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका कोरोनाको संक्रमणका हिसाबले अहिले जिल्लामा मुख्य केन्द्र बनेको छ । दिनहुँ संक्रमितहरुको संख्या बृद्धि भईरहदा कपिलवस्तुका अन्य स्थानिय तहहरुको तुलनामा वाणगंगामा सक्रिय संक्रमितहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । नगरपालिकामा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार आज लक्षण सहितका ११ जना नयाँ संक्रमित थपिएका हुन् ।
थपिएका संक्रमितहरु मध्ये एक जना नगरपालिकाका कर्मचारी छन भने २ जना स्वास्थ्यकर्मी रहेका छन् । त्यस्तै वडा नम्बर १ का ३२ वर्षिय महिला र २४ वर्षिय पुरुष, वडा नम्बर ४ का २३ र २१ वर्षका २ महिला, वडा नम्बर ५ का २८ वर्षिय महिला, वडा नम्बर ८ का ३८ वर्षिय एक महिला र ४७ वर्षका २ पुरुष, ९ नम्बर वडाका ३६ वर्षिय महिला र ३१ वर्षका पुरुष रहेका छन् । यसैगरी वडा नम्बर ११ का २ वर्षिय बालकमा पनि संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखा जनाएको छ ।
कार्तिक ४ गते संकलन गरिएको ५६ स्वाब मध्ये आज ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै वाणगंगा नगरपालिकामा कोरोना संक्रमितको संख्या २ सय ४५ पुगेको छ भने सक्रिय संक्रमितको संँख्या ८६ पुगेको छ । ती मध्ये ६ जना जिल्ला बाहिरका आईसोलेसन अस्पतालहरुमा उपचाररत छन भने ८० जना होम आईसोलेसनमा बसेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमूख पौडेलले जानकारी दिनुभएको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले थपिएका सबै संक्रमितमा लक्ष्ण देखिएको बताउनुभयो । उनिहरुसबैको कन्ट्याक ट्रेसिङबाट स्वाब संकलन गरिएको हो ।


खबर सबै
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा






प्रतिक्रिया