

जिल्लाको समग्र शान्ति सुरक्षाको लागि गम्भिर छु : प्रजिअ अर्याल





कपिलवस्तु । हालै कपिलवस्तुमा सरुवा भइ आउनुभएक कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जिल्लाको समग्र शान्ति सुरक्षाको लागि आफु गम्भिर रहेको बताउनुभएको छ । सिमा सुरक्षा देखि हरेक तवर बाट संवेदनशील रहेको र जिल्लामा आफुले प्रजिअको भुमिका पाएको भन्दै यसलाई गम्भिरताका साथ लिएको बताउनुभयो ।
आईतवार कपिलवस्तु उद्योग ब्यापार संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभयो । आएको छोटो समयमै धेरै संघसंस्थाले आफुलाई स्वगत गर्दै सहकार्यको लागि आह्वान गरेको भन्दै खुसि समेत व्यक्त गर्नुभयो । कपिलवस्तु जिल्ला खुला सिमानाका भएको जिल्ला रहेकोले सिमा नाकामा आईपर्ने समास्या समाधान गर्नमा सबैले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै उहाँले लागुपदार्थ दुव्र्यसनीको समस्यालाई धेरैले उठाईरहेको भन्दै उक्त समस्या समाधान गर्न सर्वप्रथम परिवार र समाज बाट महत्वपुर्ण कदम चाल्नुपर्ने बताउनुभयो । लागुपदार्थ ओसारपोसार र बेचबिखनको सन्दर्भमा आफु सचेत रहेको बताउनुभयो ।
त्यस्तै संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले संघले गरेका कामहरुको चर्चा गर्दै संघको परिचय गराउनुभएको थियो । उहाँले समग्र जिल्लाको विकासको लागि निजि क्षेत्रका उद्योगि व्यवसायीहरु सरकार सङ्ग सहकार्य गर्न तयार रहेकोले त्यस्तो वातावरण सिर्जना गरिदिन आग्रह गर्नुभयो ।
त्यस्तै संघका संरक्षक टोपनरायण बेलबासे र पुर्व अध्यक्ष हुमानाथ पौडेलले कपिलवस्तुमा खुल्ला सिमानाकाका कारण आउने चुनौतिलाई उत्कृष्ट ढङ्ग बाट समाधान गर्ने विस्वास व्यक्त गर्नुभयो । त्यस्तै उद्योगी व्यवसायीका समस्य समाधानमा पनि प्रशानिक तबर बाट सहयोग गरिदिन आग्रह गर्नुभयो ।
सोहि कार्यक्रममा संघका सञ्चालक समिति पदाधिकारी, संघका सदस्य लगायतलाई गाय छाप ब्राण्डको उत्पादक साथि एरियल उद्योगका सञ्चालक कलामुद्धिन मुसलमानले ५० ज्याकेट उपलब्ध गराउनुभएको थियो ।
पेशागत महासंघ जिल्ला अध्यक्ष बाबुराम पोख्रेल, संघका वित्त सल्लाहकार, प्रेम राज घिमिरे, सिया आर्ट एण्ड क्राफ्टका सञ्चालक विनय त्रिपाठी, संस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया