

जिल्लाको मुहार फेर्ने मुख्य आधार कृषि : बाबुराम आचार्य




भगवती न्यौपाने, कपिलवस्तु। जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले जिल्लाको मुहार फेर्ने मुख्य आधार कृषि भएकोे बताउनु भएको छ। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई कपिलवस्तुको आर्थिक वर्ष ०८०।८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तरगत स्थानीय तहमा कार्यरत कृषि, पशु सेवा प्राविधिकहरुको लागि पकेट ब्लक विकास कार्यक्रम कार्यन्वयन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्मपन भएको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले सबै क्षेत्र सँग जोडिएको कृषिलाई अगाडी बढाउन दिर्गकालिन योजना बनाउनु पर्नेे बताउनु भयो । प्रमुख आचार्यले कुन क्षेत्रमा कुन बालि उपयुक्त छ परिक्षण गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।
नेपाल कृषि तथा पशुपंक्षी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाई कपिलवस्तुको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कृषिमा विकास गर्न किसानमा एकरुपता हुनु पर्ने बताउदै जिल्लामा कृषिमा आत्मनिर्भर हुनु पर्ने पनि उहाँले बताउनु भयो । साथै किसाहरुको समस्या मलको बारेमा बताउदै जिल्लामा पहुचको आधारमा मल आउने गरेको समेत उहाँले बताउनु भयो ।
उक्त कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई कपिलवस्तुका प्रमुख सहसराम चौधरिले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको बारेमा बताउनु भएको थियो । आधुनिकिकरण किन र यसका उदेश्यबारे बताउदै परियोजनाका संभागहरुमा पकेट, ब्लक, जोन र सुपरजानेको बारेमा जानकारी गराउनु भएको थियो ।
कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भास्कर पौडेलले ब्लक बिकास कार्यक्रमको कार्यक्षेत्र, परियोजनाको शुरु देखि हाल सम्म ब्लक विकास कार्यक्रमहरुको विवरण, ब्लक विकास कार्यक्रमबाट देखिएका उल्लेखनीय परिवर्तन लगायतको बारेमा बताउदै पछिलो समय मेशिनरीको प्रयोग बढ्दो रहेको बताउनु भयो । साथै उहाँले बाली,वस्तुहरुको उत्पादन र उत्पादकत्वको अवस्था र ब्लक विकास कार्यक्रम कार्यान्वयनमा देखिएका समस्याहरुको बारेमा समेत बताउनु भयो ।
जिल्ला भित्रका पालिकाका कृषि शाखा प्रमुख,पशुशाखा प्रमुखहरुले पकेट विकास कार्यक्रमको कार्य क्षेत्र, प्रगति विवरणको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।
जसमा पशुजन्य पदार्थको तुलनात्मक अवस्था,पशुपंक्षी तथा मत्स्य फार्महरुको विरण, पकेट विकास कार्यक्रमको कार्य क्षेत्र, परियोजनाकोे शुरु वर्ष देखि हाल सम्मको पकेट विकास, पकेट विकास कार्यक्रमबाट देखिएको उल्लेखनीय परिवर्तन र पकेट विकास कार्यक्रम कार्यान्वयनमा देखिका समस्या हरु र समाधानका प्रयासहरु, गहुबालि मौरिको कार्य क्षेत्र, तरकारी बाली वस्तुको कार्य क्षेत्र, रोजगारीको अवस्था लाभान्वित संख्या लगायको बारेमा जानकारी गराउनु भयो ।
धान सुपर जोन सञ्चालन समन्वय समितिका सचिव गोपाल मणी ज्ञवालीले बोल्दै हिजो गरेका हरे काम र सिकाईले आजको काममा राम्रो प्रभावकारी भुमिका खेल्ने बताउनु भयो । साथै उहाँले अनुगमनको बाटो बलियो हुनुपर्ने तर्क गर्नु भयो ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका रामकेश यादवले विभिन्न शिर्षकमा अनुदान आएता पनि अनुदान अनुसारको प्रभावकारी हुन नसकेको बताउनुभयो । साथै उहाँले यस्ता कार्यक्रमले कृषिमा सान्दर्भिक भएको जानकारी गराउनु भयो ।
परियोजना कार्यान्वयन एकाई कपिलवस्तुका प्रमुख चौधरिको अध्यक्षता, निरज खनालको सञ्चालनमा भएको कार्यक्रममा जिल्लाका पालिकाहरुका पशु र कृषि शाखाका प्रमुखहरु लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया