

सितगंगाका किसानलाई उत्पादनमा आधारीत १ करोडको अनुदान





अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले किसानलाई उत्पादनका आधारमा यस वर्ष एक करोड रुपैयाँ अनुदान वितरण गर्ने भएको छ ।
किसानले उत्पादन आधारमा अनुदान रकम पाउन सकून् र कागजकै भरमा अनुदान लिने परिपाटी बन्द होस् भनेर अनुदान वितरण गर्न लागेको नगरपालिकाले जनाएको छ । आफूले उत्पादन गरेको दूध, मासु, तरकारी तथा फलफूलमा अनुदान पाउने भएपछि किसान खुशी भएका छन् ।
किसानले उत्पादन गरेको दूधमा प्रतिलिटर दुई रुपैयाँ, मासुमा प्रतिकिलो ५० रुपैयाँ अनुदान दिने नगरपालिकाका मेयर छविलाल पौडेलले बताए । यस्तै तरकारी ,केरा, बेसारमा प्रतिरोपनी पाँच हजार तथा कागती, एभोकाडो, कफी, किबी लगायतका बिरुवामा प्रतिबिरुवा एक सय रुपैयाँ अनुदान दिने मेयर पौडेलको भनाइ छ ।
उत्पादनमा आधारित अनुदानका लागि एक करोड ३० लाख रुपैयाँ बराबरको सिफारिस नगरपालिकामा आएको छ । नगरपालिकाले कृषि सहकारीको र वडाको सिफारिसमा उत्पादनमा आधारित अनुदान रकम वितरण गर्ने गर्दछ ।
अघिल्ला वर्षहरूमा सहकारीमार्फत रकम दिने गरिएकोमा सहकारीले फर्जी सिफारिस गरेको भन्दै विरोध भएपछि अहिले नगरपालिकाले किसानको खातामा रकम जम्मा गरिदिने भएको छ ।
अनुदानका लागि नगरपालिकाले अहिले वडा र सहकारीको सिफारिसका आधारमा अनुगमन पनि शुरु गरेको छ । अनुगमनका क्रममा सहकारीले सिफारिस गरेका किसानको उत्पादन विवरणअनुसार नभएको पाइएको अनुगमनमा सहभागी नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालको भनाइ छ ।
नगरपालिकाले बिरुवाका आधारमा अनुदान दिने भएपछि बिरुवा लगाएर छाडेर पनि केहीले अनुदान लिने गरेको भेटिएको छ । लगातार चार वर्षसम्म एकै खेतीको बेसारबाट अनुदान लिएको पनि भेटिएको छ । शितगंगा नगरपालिकाकी उपमेयर गीता भाट नेतृत्वको टोलीले वडा नम्बर ९ मा गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो । उमपेयर भाटले किसानलाई उत्पादनमा जोड गरी आम्दानी बढाउन अनुरोध गर्दै उत्पादन भएका कृषि उपज बजारसम्म पु¥याउन कृषि सङ्कलन केन्द्र सञ्चालन हुन लागेको बताइन् ।
अनुगमन टोलीमा उपमेयर भाटसहित नगरपालिकाको आर्थिक समितिका संयोजक बोमबहादुर विक,पशु शाखा प्रमुख गणेश थापा, योजना शाखा प्रमुख नुमलाल खनाल, प्राविधिक नारायण पाण्डे लगायतको सहभागिता थियो ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया