

एक दिवसीय र टी(ट्वान्टी सिरिजका लागि इङ्ल्यान्ड दक्षिण अफ्रिका जाने

कार्तिक ६ एजेन्सी ।
इङ्ल्यान्ड क्रिकेट टालीले एक दिवसीय र टी(ट्वान्टी क्रिकेट सिरिजका लागि दक्षिण अफ्रिका टुर गर्ने पक्का भएको छ । दक्षिण अफ्रिकी सरकारले एकदिवसीय तथा टी(ट्वान्टी सिरिजका लागि अनुमति दिएपछि सिरिज पक्का भएको हो ।
दक्षिण अफ्रिका भ्रमणका क्रममा इङ्ल्यान्डले समान तीन(तीन टी(ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ । दुवै टोलीले सुरुमा टी(ट्वान्टी सिरिज खेल्नेछन् । टी(ट्वान्टी सिरिज २७ नोभेम्बरबाट सुरु हुनेछ । सिरिजका सबै खेल बिनादर्शक बन्द रंगशालामा हुनेछन् । सिरिज लागि इङ्ल्यान्ड टोली नोभेम्बर १६ मा दक्षिण अफ्रिका पुग्नेछ ।
कोरोना महामारीपछि इङ्ल्यान्डले तीनवटै फर्म्याटको क्रिकेट खेले पनि दक्षिण अफ्रिकाका लागि भने यो पहिलो हो । दक्षिण अफ्रिकाले कोरोना महामारीपछि पहिलोपटक अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो । यसअघि दक्षिण अफ्रिकाले घरेलु खेलाडीलाई नै तीन समूहमा बाढेर क्रिकेट प्रतियोगिता खेलेको थियो ।
दक्षिण अफ्रिकी सरकारले इङ्ल्यान्डलाई कोरोना संक्रमणको उच्च जोखिम मुलुकका रुपमा राखेका कारण यसअघि यी दुईबीचको क्रिकेट श्रृंखला अन्योलमा थियो । तर, हाल दुवै देश सहमत भएपछि इङ्ल्यान्ड टोली दक्षिण अफ्रिका भ्रमणमा जाने पक्का भएको हो ।
तीन खेलको टी(ट्वान्टी सिरिजपछि यी दुई टोलीबीच तीन खेलको एकदिवसीय सिरिज सुरु हुनेछ । एकदिवसीय सिरिजलाई सन् २०२३ मा भारतमा हुने विश्वकपको छनोटको मान्यता दिएको छ । एकदिवसीय सिरिज ४ डिसेम्बरबाट सुरु हुनेछ ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया