


नेपाल प्रवेश गरेका भारतीयलाई गोली हानी हतियारसहित नियन्त्रणमा



अवैध हतियारसहित नेपाल प्रवेश गरेका एक भारतीयलाई बारा प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ ।जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ स्थित सीमा क्षेत्रबाट मोतिहारी जिल्ला पूर्वी चम्पारण दुधिअवा बस्ने २८ वर्षीय बृजकिशोर कुशवाहालाई नियन्त्रणमा लिइएको बंकुलस्थित प्रहरी चौकी कचोर्वाले जनाएको छ ।
प्रहरी हवल्दार छोटेलाल प्रसाद यादवको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल आउन लागेका कुशवाहामाथि शंका लागि रोक्न खोज्दा प्रहरीमाथि नै गोली चलाएर भाग्न खोजेपछि फायरिङ गरी नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ ।प्रहरीको गोली लागि कुशवाहाको दायाँ पाखुरामा चोट लागेको छ । कुशवाहाले भाग्ने क्रममा चलाएको गोली भने प्रहरीलाई नलागेको प्रहरी चौकी कचोर्वा बाराका प्रहरी हवल्दार नरसिंह नारायण यादवले बताए ।यादवका अनुसार प्रहरीले उनको साथबाट एक थान पेस्तोलसहित पाँच राउण्ड गोली बरामद गरेको छ ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया