

जसपामा कपिलवस्तुका एक दर्जन नेता केन्द्रिय सदस्यमा समावेश



कार्तिक ५ कपिलवस्तु
काठमाडौंमा जारी जनता समाजवादी पार्टीको बैठकले कपिलवस्तु जिल्लाबाट जसपाका दर्जन बढी नेताहरुलाई केन्द्रीय राजनितिमा समासेव गरेको छ ।
सोमबारबाट काठमाडौंमा सुरु भएको बैठकले केन्द्रीय समिति संघीय परिषद्प्रति उत्तरदायी हुनेछ भन्ने विधान पनि पारित गरेको पार्टीका युवा नेता विश्वदीप पाण्डेले जानकारी दिनु भयो । मंगलबार सकिएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाँकी निर्णयका लागि ५ जना शीर्ष नेतालाई अधिकार दिएको पाण्डेले बताउनुभयो ।
यता कपिलवस्तुबाट जसपाको केन्द्रिय समितिमा ठूलो संख्यामा नेताहरु परेका छन् । जस अनुसार अमृता अग्रहरी ,अकवाल अहमद शाह,दान बहादुर चौधरी , नारायण खनाल, विष्णुहरी शर्मा, सहसराम यादव पहिले देखि नै रहदै आउनु भएकोमा यसपाली पनि केन्द्रिय सदस्यको भूमिकामा पार्टीले चयन गरेको छ । त्यस्तै नयाँ थपिने अनुहारमा रविन्द्र कुमार मिश्रा ,रविदत्त मिश्रा , मंगल प्रसाद गुप्ता ,सन्तराम अग्रहरी ,कालिपद शर्मा, र रामबरण यादव रहनुभएको छ ।
यस अघि नै केन्द्रिय सदस्यको रुपमा रहेका ६ जना र हाल थपिएका ६ जना गरी कपिलवस्तुबाट १२ जना केन्द्रिय समितिमा पर्नुभएको जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले जनाएको छ ।
तत्कालिन समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टी नेपाल विच पार्टी एकता भएपछि अहिले केन्द्रिय सदस्यको टुङ्गो लागेको हो । तत्कालिन दुई पार्टीका नेताहरुलाई समावेश गर्दै जसपाले पार्टीको केन्द्रीय समितिको आकार ७ सय ७९ सदस्यीय बनाउने तय गरेको जनाएको छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया